- एसबी जेरो

२ जेठ । ओखलढुंगाका आठ स्थानीय तहका १९ वडामा स्वास्थ्य संस्था छैनन् । ओखलढुंगाका साविकका ५६ गाविसमा  संस्था स्थापना भए पनि राज्यको पुनः संरचना पश्चात् बनेका नयाँ वडाहरुमा स्वास्थ्य संस्था स्थापना हुन सकेका छैनन् । अहिले ओखलढुंगामा एक नगरपालिका सहित सात गाउँपालिकामा ७५ वडा छन् । आफ्नो वडामा स्वास्थ्य संस्था नभएपछि त्यहाँका नागरिकले घण्टौं हिडेर सामान्य औषधोपचार गर्न अर्को वडा धाउनु पर्ने बाध्यता छ ।
सरकारले एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिए पनि कार्यन्वयन नहुँदा नागरिकलाई समस्या छ । ओखलढुंगाको सदरमुकाम भित्रकै सिद्धिचरण नगरपालिका १२ मा सरकारी स्वास्थ्य संस्था छैन । सदरमुकामको बजार क्षेत्रमा चार वटा प्राईभेट मेडिकल संचालनमा छन् । सरकारी स्वास्थ्य संस्था नहुदा सर्बसाधारण प्राईभेट मेडिकलबाट स्वास्थ्य परिक्षण तथा औषधी खरिद गर्ने गरेका छन् ।
चिसंखुगढी गाउँपालिकाको वडा नं. ७, मोलुंग गाउँपालिकाको वडा नं. ५ मा कुनै स्वास्थ्य चौकी छैन । खिजीदेम्वा गाउँपालिकाको तीन ओटा वडा, लिखु गाउँपालिमा दुई ओटा ओडा, चम्पादेवी गाउँपालिमा तीन र मानेभञ्ज्यांगको एउटा वडामा स्वास्थ्य संस्था छैनन् । सबै भन्दा बढी सुनकोशी गाउँपालिकाको पाँच ओटा वडामा कुनै पनी सरकारी स्वास्थ्य संस्था छैनन् ।
गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि नागरिकहरु अन्य वडामा जाने गर्छन् । “आफ्नो वडामा स्वास्थ्य चौकी छैन, उपचरका लागि हामिलाई अर्को वडामा जानु पर्ने बाध्यता छ” मानेभञ्ज्यांग गाउँपालिका आठका बालेन्द्र अधिकारीले बताए । नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरे पनि सरकारले गाउँ गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिन सकेको छैन ।
स्थानीय सरकारका प्रमुखहरुले पनि सरकारले स्वास्थ्य संस्था निर्माण गरिदिने भन्दै बजेटमा व्यवस्था गरेका छैनन् । आफ्नो नगर तथा गाउँ पालिकाको सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना गर्ने तर्फ जनप्रतिनिधीहरुको ध्यान छैन । स्वास्थ्य चौकी निर्माणका लागि संघीय सरकारले बजे दिनुपर्ने सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र अधिकारीले बताए । स्थानीय र संघीय सरकारले एक अर्काको बाटो हेरे पनि आम नागरिक भने सहज रुपमा पाउनुु पर्ने स्वास्थ्य सेवाबाट बञ्चित छन् । सरकारले सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना गर्ने नीति ल्याएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । तर ओखलढुंगाको १९ ओटा वडामा स्वास्थ्य संस्था स्थापना भएका छैनन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen