ओखलढुंगा- जिल्ला स्वास्थ्य कार्यालय र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । जिल्ला अस्पताल रुम्जाटारले चिकित्सक तथा औषधी व्यवस्थापन गरेको थियो । एक दिने शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उपचारमा सहज भएको स्थानीयले बताए । शिविर वडास्तरमा आयोजना गरिए पनि गाउँपालिका भरिका नागरिकले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । शिविर उद्घाटनमा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद मोहन खड्का लगायतको सहभागिता थियो । स्थानीयले बेला बेलामा स्थानीय तहमै यस्ता शिविर आयोजना गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen