ओखलढुंगा- ओखलढुंगामा प्राबिधिक शिक्षातर्फ बिद्यार्थीहरुको आकर्षण बढ्दो रहेको पाइएको छ । सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा प्राबिधिक धारको पठनपाठन हुने विद्यालयमा बर्षेनी बिद्यार्थीको संख्या बढ्दै जान थालेपछि यसको पुष्टि भएको हो । प्राबिधिक शिक्षातर्फ बाली बिज्ञान , सिभिल इन्जिनियरिङ तथा पशु बिज्ञान बिषयकोे पठनपाठन हुने गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी रुम्जाटार माध्यमिक बिद्यालयले २०६८ सालबाट पठनपाठन सुरु गरेको हो ।उक्त समयमा एक जिल्ला एक कार्यक्रम लागु गर्ने हिसावले रुम्जाटारमा प्राबिधिक शिक्षा सञ्चालनमा ल्याईएको थियो । सरदरमा ४० जनाको कोटामा पढाई हुने प्राबिधिक शिक्षाफर्त भर्ना हुने बिद्यार्थीको संख्या भने उल्लेख्य हुने गरेको रुम्जाटार माबिका प्रअ गोकर्ण बानियाँले बताए ।
ति मध्येबाट ईन्ट्रान्स परिक्षामार्फत उत्कृष्ट बिद्यार्थी छनोट गरी भर्ना गर्ने गरिएको उनको भनाई छ । अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाए लगत्तै रोजगारी पाउने सम्भावना हुने भएकाले बिद्यार्थीको आकर्षण बढेको बानियाँले बताए ।हाल २०६८ साल पछि यस बिद्यालयबाट ३ सय ६० भन्दा बढि बिद्यर्थीहरु प्राबिधिक शिक्षा अध्ययन गरिसकेका छन् । ति बिद्यार्थीहरु ओखलढुंगा,सोलुखुम्बु,खोटाङ र उदयपुर लगायतका जिल्लाहरुमा रोजगारीका लागी पुगेको शिक्षक बानियाँको बताए । ‘हामीले उत्पादन गरेका बिद्यार्थी अहिले बिभिन्न जिल्लाहरुमा रोजगारी गरिरहेका छन् ’ उनले भने । अहिले ओखलढुंगाका अन्य स्थानमा समेत प्राबिधिक धारको शिक्षा पठनपाठन हुने गरेको छ । तीनवर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तहको सरह मान्यता प्रदान गरेको छ । डिप्लोमा कोर्सहरू पूरा गरेका विद्यार्थीले स्नातक शिक्षा हासिल गर्न सकिन्छ। प्राविधिक शिक्षालाई ‘ गरी खाने’ शिक्षा पनि भन्ने गरिन्छ । पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिक्षाप्रति युवा पुस्तको आकर्षण बढ्दो छ ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen