ओखलढुंगा- कार्यालयको काम छोडेर दिनभरि तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा परेका छन् । बिहिबार अपराह्न १२ बजेदेखी तास खेलेको सुचनाका आधारमा प्रहरीले विभिन्न कार्यालयका सहयोगी स्तरका कर्मचारी र शिक्षकलाई पक्राउ गरेको हो । कार्यालयको काम छोडेर सिद्धिचरण नगरपालिका ११ स्थित धर्म खत्रीको होटलमा तास खेलिरहेको अवस्थामा विभिन्न कार्यालयमा कार्यरत ६ जना सहयोगी स्तरका कर्मचारी र एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । तासको खालबाट नगद ९ हजार रुपैंया र तास बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा धर्मबहादुर खत्री, बुद्धिराज दाहाल, रामबहादुर खड्का, ढाकुरप्रसाद दाहाल र धर्मप्रसाद दाहाल रहेका छन् । उनीहरु सबै निजामति सेवाका सहयोगी स्तरका कर्मचारी हुन् । त्यस्तै पक्राउ परेका रविन राजभण्डारी शिक्षक हुन्, भने चोप नारायण खत्री अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । चार जना खेलिरहेका र अन्य हेरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुलाई आगामी दिनमा जुवा तास नखेल्ने शर्तमा काजग गराएर छोडिएको छ । नसिहत दिने गरि उनीहरुलाई छोडिएको र फेरि तास खेलेको पाइएमा कागजका आधारमा मुद्दा चलाइने प्रजिअ पन्तले बताए ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen