- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाका सरोकारवालाहरुले विपद्को जोखिम घटाउन चेतना बढाउनुपर्ने बताएका छन् । कोशीस नेपाल सबल कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो भिजन एफएमले मानेभञ्ज्याङ गाउँपालिकाको टोक्सेलमा आयोजना गरेको एक कार्यक्रमका सहभागी बत्ताहरु यस्तो बताएका हुन् । प्राकृतिक भन्दा मानव सिर्जीत विपद्ले ठुलो जनधनको क्षती गर्ने गरेको भन्दै यस सम्बन्धी चेतनाको खाँचो देखिएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए । ‘प्राकृतीक विपत्ती रोकेर रोक्न सकिन्न तर सुर्ती खाएर जथाभावी आगो फालेका कारण हुने आगलागी रोक्न सकिन्छ ।’ रिमालले भने ‘चेतनाको विकास गराउन सके मात्रै पनि विपद् जन्य घटना धेरै कम गर्न सकिन्छ ।’ स्थानीय सरकार र गैरसरकारी संस्थाहरुले चेतनाको विकासमा जोड दिनुपर्ने रिमालको भनाई थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले पनि समाजमा घट्ने ८० प्रतिशत भन्दा बढि घटना चेतनाको अभावका कारण घट्ने गरेको बताए । विपद् सम्बन्धी छलफल र अन्तरक्रिया नहुँदा सर्वधारणमा यसबारे पर्याप्त ज्ञान नभएको उनको भनाई छ । ‘प्रहरीमा आउने अधिकांश समस्या चेतनाको अभावकै कारण भएको देखिन्छ ।’ शर्माले भने ‘घर छेउमा आगलागी भए प्रहरीलाई खबर गर्ने र रमीता हेरेर बस्ने चलन छ,सायद आगो नियन्त्रणमा लाग्नुपर्छ भन्ने ज्ञान नभएरै होला ।’ सुरक्षा निकाय जनताको सहयोगी मात्रै बन्न सक्ने भएकाले मानिस आफैंले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका अन्य वत्ताहरुले पनि विपद् जोखिम न्यूनिकरणका लागि सचेतनाको अभियान चलाउनु पर्ने बताएका थिए ।
सबल कार्यक्रमका बरिष्ठ जिल्ला संयोजक इन्द्र तामाङले आफुहरुले स्थानीय सरकारसँगको समन्वयमा विपद् व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । उद्धार तथा खोजका लागि दक्ष जनशक्ती उत्पादन र सचेतनाको विकासका लागि सबलले काम गरिरहेको उनको भनाई थियो ।
ऐन कार्यान्वयन र समस्या समाधान गर्ने गाउँपालिका प्रमुखको प्रतिवद्धता
मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रतिवद्धता जनाएका छन् । नयाँ ऐनअनुसार स्थानीयतहमा समिति गठन, स्थानीयस्तरमा सुहाउँदो नयाँ ऐनको निर्माण, विपद्बाट बच्न पूर्वतयारी, विपद्को सामना र विपद्मा उद्धार, उपचार तथा त्यस पछिको अवस्थाको कार्ययोजना बनाउने अध्यक्ष राईले प्रतिवद्धता जनाएका हुन् । जिल्ला स्थित सरोकारवाला र स्थानीयका बिचमा उभिएर अध्यक्ष राईले भने ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४ कार्यान्वयनको लागि प्रतिवद्ध छु ।’
गाउँपालिकाका उपाध्यक्ष सविता राईले विपद्बाट महिला र बालबालिका बढि प्रभावित हुने भन्दै त्यसतर्फ केन्द्रित बजेट तथा निती निर्माणमा पहल गर्ने बताईन् । ‘जोखिम क्षेत्रको नक्सांकन, खुला क्षेत्रको पहिचान, जोखिम न्यूनीकरण तथा अल्पीकरण र पूर्वतयारी योजना समावेश भएको स्थानीय विपद् व्यवस्थापन योजना निर्माण गर्नेछौँ, महिला र बालबालिकालाई विशेष लक्षीत गरिनेछ ।’ उपाध्यक्ष राईले भनिन् ‘आपत्कालीन खोज उद्धार र राहत सामग्रीको उचित व्यवस्थापन र भण्डारण गरी विपद् समयमा समुचित सदुपयोग गर्न प्रतिबद्ध छौँ ।’
कोटगढी शिखर समाज कोशीस नेपालले विगत केहि वर्ष देखि सबल कार्यक्रम मार्फत मानेभञ्ज्याङ गाउँपालिका सहितका क्षेत्रमा विपद् जोखिम न्यूनिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तरगत स्थानीय सरकार र नागरिक बिच अन्तरक्रिया आयोजना गरिएको कार्यक्रम संयोजक पुन्यवती श्रेष्ठले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen