- पूर्णप्रसाद न्याैपाने

काठमाण्डौ- ओखलढुंगाका बामपन्थी नेताहरुले पार्टी एकताबाट पछि नहट्न नेतृत्वलाई सुझाव दिएका छन् । नेकपा एमाले ओखलढुंगा काठमाण्डौ सम्पर्क मञ्चले गोदावरीमा आयोजना गरेको बृहत वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जिल्लाका नेताहरुले तत्काल एकता घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् ।

एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले आम नेपाली यतिबेला पार्टी एकताको खबर सुन्न आँतुर रहेको बताए । ‘पार्टी एकताको औपचारीक घोषणा हुन्छ र समृद्धिको सपना पुरा गरौंला भनेर जनताले पर्खिरहेका छन् ।’ सुनुवारले भने ‘बाम एकताले मुलुककोे विकासमा नयाँ पन दिनेछ भनेरै जनताले देशब्यापी रुपमा बामका पक्षमा मतदान गरेका हुन् ।’ निर्वाचित भए पश्चात ओखलढुंगाकोे विकासका लागि थुप्रै कामहरु अघि बढाईसकेको सुनुवारले सुनाए ।

प्रदेशसभा सदस्य सांसद अम्बिरबाबु गुरुङले बाम बिचको तालमेलले छोटो समयमा जनताको मन जितेको भन्दै एकताको औपचारिक घोषणा पछि थप विश्वास बढ्ने बताए । ‘तमाम् नेपाली जनताले सबैबाम एक ठाम भएको हेर्न चाहेका छन् भन्नेकुरा चुनावी नतिजाले देखाईसकेको छ’ सांसद गुरुङले भने ‘अब सानातीना कुराले एकता रोकिन्न र रोकिनु हुँदैन ।’ गुरुङले १ नम्बर प्रदेश संसद अहिले कानुन निर्माणमा केन्द्रित रहेको जानकारी दिए । प्रदेश सञ्चालनका लागि कानुन निर्माणपछि ओखलढुंगाको विकासमा तल्लीन भएर लाग्ने बताए ।

२ अध्यक्षले १ स्वरमा भने ‘एकता नभए इतिहाँसले धिकार्छ’
ओखलढुंगाका एमाले जिल्ला कमिटि अध्यक्ष मोहन कुमार श्रेष्ठ र माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज बाबुराम गौतमले एकताबाट पछि नहट्न नेतृत्वलाई सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष श्रेष्ठले भने ‘पार्टी एकताका विषयमा विभिन्न टिप्पणी भईरहेको छ तर एकता नभए इतिहाँसले नराम्ररी धिकार्ने छन् ।’ श्रेष्ठले भने ‘अब कुनै एक व्यक्ति वा पार्टीको स्वार्थका कारण एकता रोकिनु र लम्बीनु हुँदैन ।’ सिद्धिचरण नगरपालिकाका प्रमुख समेत रहेका एमाले नेता श्रेष्ठले ओखलढुंगाको विकास र समृद्धि वामपन्थीका हातमा भएको भन्दै जनताले दिएको जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए ।
माओवादी नेता गौतमले पनि एकताबाट पछि नहट्न नेतृत्वलाई सुझाव दिए । ‘वाम एकता अहिलेको माग र आवश्यकता दुबै हो । त्यसैले कुनै कारणले एकतामा ढिलाई गर्नुहुँदैन ।’ गौतमले भने ‘पार्टी एकताबाट जो पछि हट्छ,त्यसलाई जनताले नराम्रोसँग कारबाही गर्नेछन् ।’ वाम एकता भएको देख्न नचाहनेहरुले विभिन्न टिप्प्णी गरिरहेको भएपनि वामपन्थीहरु एकठाउँमा हुन कुनै समस्या नरहेको बताए ।
एमाले नेता किशोर अधिकारीले पनि एकताका पक्षमा देशव्यापी माहोल देखिएकाले सोही अनुसार नेतृत्व अघिबढ्नुपर्नेमा जोड दिए ।
सम्पर्क मञ्चका अध्यक्ष चन्द्र वाम्बुलेको अध्यक्षतामा भएको कार्यक्रममा ओखलढुंगाका वाम नेता तथा विभिन्न क्षेत्रमा आवद्ध सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा लोक गायक कल्याण राई,गायीका सिता माझी लगायतका कलाकारले मनोरञ्जन प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen