- भिजन समाचार

ओखलढुंगा- युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले नियमित सम्झौता गरिरहेको सहकारीको नाम रकम फिर्ता नगर्ने सहकारीको लिष्टमा राखेको पाईएको छ । कोषले माघ २४ गते डिभिजन सहकारी कार्यालय उदयपुरलाई पत्राचार गरि ११ वटा सहकारी संस्थाले सम्झौता अनुसारको रकम समयमा फिर्ता नगरेको भन्दै सेवा सुविधा रोक्न भनेको थियो । त्यो ११ वटा सहकारीको लिष्टमा ११ नम्बरमा रहेको ककनी गौरीवन कृषि सहकारी संस्था ओखलढुंगाको नाम छ ।

तर उक्त सहकारीले सम्झौता अनुसार समयमा किस्ता बुझाईरहेको दावी गरेको छ । रकम फिर्ता नगर्ने सहकारीको नाम कालोसूचिमा राख्ने गरि कोषले सार्वजानिक गरेको विवरण अनुसारको समाचार सञ्चारमाध्यममा आएपछि संस्थाको ध्यानाकर्षण भएको जनाउँदै ककनी गौरीवन कृषि सहकारीले विज्ञप्ती जारी गरि सम्झौता अनुसारको रकम समयमै बुझाई रहेको दावी गरेको हो । सहकारीका अध्यक्ष विनोद सुनुवारद्धारा हस्ताक्षरित विज्ञप्तीमा यो हल्ला गलत भएको भन्दै यसको पछि नलाग्न सहकारीका सबै सदस्य र सर्वसाधारणमा अनुरोध गरिएको छ । कोषमा किस्ता वापतको केही रकम तिर्न बाँकी भएपनि कालोसूचिमा पर्ने अवस्थामा नरहेको अध्यक्ष सुनुवारले प्रतिक्रिया दिए । किस्ता तिर्न बाँकी रकम पनि तिर्ने तयारी भइरहेकाे उनले बताए ।

कोषद्धारा गल्ती स्विकार

समयमा ऋण फिर्ता नगरेको भनेर एघार वटा सहकारी संस्थाको विवरण सहित उनिहरुले पाउने सेवा सुविधा रोक्न भन्दै डिभिजन कार्यालय मार्फत जिल्ला प्रशासनमा पत्राचार गरेको कोषले गल्ती स्विकार गरेको छ । कोषका प्रमुख कानुन र अशुली शाखाका ज्ञानहरि देवकोटाले कोषबाट गल्ती भएको स्विकार गरेका हुन् । रकम असुलीका लागि ताकेता गरिएको भएपनि हाल ककनी गौरीवन कृषि सहकारीको नाम राख्नु नहुनेमा भुलवस परेको उनले बताए । ‘चैत्र अन्तिम पछि चाँही यो सहकारीलाई पनि लिष्टमा राख्नुपर्ने हो,तर अहिले उसको म्याद छ,भूलबस लिष्टमा परेछ ।’कोषले लेखेको पत्रमा २०७३ असार सम्ममा बुझाउनु पर्ने रकम नबुझाएको भन्ने लिष्टमा ककनी गौरीवन कृषि सहकारीको नाम पनि छ ।

यस्ताे छ काेषकाे पत्र

कोषका ओखलढुंगा प्रतिनिधि हरिप्रसाद लुइटेलले पनि कोषको तर्फबाट कमजोरी भएको स्विकार गरेका छन् । ‘भुलबस अरु सहकारीको लिष्टमा ककनी गौरीवनको पनि नाम परेछ ।’ उनले भने ‘मैले जानकारी दिए अनुसारकै समाचार मिडियामा आएको हो,यसको जिम्मा म लिन्छु ।’ कोषको कमजोरीका कारण लिष्टमा ककनी गौरीवन सहकारीको समेत नाम परेको र सोही अनुसार समाचार आएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen