- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाका एक भुकम्प पीडितले सरकारबाट लिएको अनुदान रकम फिर्ता गरेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाटेका चेतबहादुर सुनुवारले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ र्फिता गरेका हुन् ।

सरकारले दिएको मापदण्ड अनुसारको घर नबनाउने र एक भन्दा बढि वा बस्न योग्य घर भएकाहरुले रकम फिर्ता गर्नुपर्ने सुचना जारी गरेसंगै सुनुवारले पहिलो किस्ता वापत बुझेको ५० हजार नगद बुधबार फिर्ता गरेका छन् । चेतबहादुरका छोरा केवशराज सुनुवारले राष्ट्रिय वाणिज्य बैङ्क मार्फत नेपाल सरकारको खातामा रकम जम्मा गरेर समन्वय समितिलाई भौचर बुझाएको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख युवराज खरेलले जानकारी दिए । प्राधिकरणले अन्य स्थानमा बस्न योग्य घर भएका र मापदण्ड अनुसार घर नबनाउने लाभग्राहिलाई अनुदान फिर्ता गर्न ताकेता गरिरहेको छ ।

सरकारी मापदण्ड पीडितको आवश्यकता अनुकुल भएन

सरकारले दिएको मापदण्ड अनुसारको घर बस्न योग्य नहुने भएकाले आफ्नो ईच्छा अनुसारको घर बनाएर अनुदान रकम फिर्ता गरेको सुनुवारले बताए । खर्च धेरै हुने तर बस्न योग्य नहुने भएकाले सरकारले भने जस्तो घर नबनाई अनुदान फिर्ता गरेको उनको भनाई छ । ‘सरकारले दिएको १७ प्रकारकै घरको नमुना हाम्रो संस्कार र आवश्यकता अनुसारको छैन,त्यसैले मैले आफ्नो आवश्यकता अनुसारको घर बनाए’ सुनुवारले भने ‘मापदण्ड अनुसारका घर ४ जनाको परिवारलाई जसो तसो ठिक हुने छ, गाउँघरका अधिकांश परिवार दर्जन भन्दा बढि संख्या भएका छन्,बस्नै त समस्या झन राखन,धरनको त कुरै नगरौं ।’ यसरी सरकारबाट लिएको अनुदान रकम फिर्ता गर्ने उनि जिल्लाका पहिलो भुकम्प प्रभावित हुन् ।

जिल्लाका अधिकांश भूकम्प प्रभावितले मापदण्ड अनुसारका नभई आफ्नो आवश्यकता अनुकुलका घर बनाएका छन् । केहीले अनुदान बुझ्न मापदण्ड अनुसारका घर बनाए पनि बसोबास गर्न छुट्टै घर बनाएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen