ओखलढुंगा- ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो ।

गाउँपालिकाको केन्द्र यससमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट  बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेलले बताए । ‘म निवासमै सुतिरहेको थिएँ,बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्कीएँ’ अध्यक्ष पौडेलले टेलिफोनमा भने,‘ढोकाबाट बाहिर निस्कनासाथ म माथि आक्रमण भयो,म अहिले घाइते अवस्थामा छु ।’ पौडेलका अनुसार उनलाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले मुङ्ग्रोले हानेका हुन् ।

अज्ञात समुहको आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ । राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराईएको र थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिईन् । अध्यक्ष पौडेलले भने अहिले अवस्था चिन्ताजनक नरहेको भन्दै बुधबार अनुसन्धान प्रकृया अघि बढाएर विहिबार मात्रै थप उपचारका लागि काठमाण्डौ जाने बताए ।

प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’ शर्माले भने,‘अपराधी पत्ता लगाएर कारबाहीको दाहेरामा ल्याउछौं ।’

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen