- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाका जनप्रतिनिधि र सरकारी कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा भएको अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले भष्टाचार नगर्ने प्रतिवद्धता जनाएका हुन् । अन्तरक्रियामा जिल्लाको विकास र रुपान्तरणका सवालहरु बारे छलफल भएको थियो । कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालय मार्फत भएका काम र उपलब्धिबारे जनप्रतिनिधिलाई जानकारी गराएका थिए । जनप्रतिनिधिहरुले पनि कर्मचारीहरुलाई इमान्दार भएर सेवाप्रवाहमा लाग्न आग्रह गरेका छन् । कार्यालय प्रमुखहरुले राज्यको निति अनुसार संघियता कार्यान्वयन सँगै केही विषयमा अन्यौलता रहेको भएपनि ईमान्दार पुर्वक काम गर्ने र अख्तियारको दुरुपयोग नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

 

सांसद सुनुवारले भने – ‘ढिला सुस्तीको ढ र भ्रष्टाचारको भ सुन्न नपरोस् ।’
ओखलढुंगालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले घोषणा गरे । जनप्रतिनिधि र कर्मचारी दुवै पक्ष इमान्दार भए अनियमितता हुन नपाउने भन्दै सुनुवारले अब जिल्लालाई भष्टाचारमुक्त बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरे । ‘सरकारी कर्मचारीले भ्रष्टाचार गरे राजनैतिक संरक्षण होईन,सिधै कारबाही गरिन्छ ।’ सांसद सुनुवारले भने ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिबाट भ्रष्टाचार हुनु हुँदैन,यदि जनप्रतिनिधि नै अनियमिततामा संलग्न भएको पाए तपाईहरुले खबरदारी गर्नुस् नियम अनुसार त छँदैछ जनताले पनि कारबाही गर्छन् ।’ संविधान अनुसार तीनै तहको सरकार गठन भईसकेकाले जनताले घरदैलोमा सरकार आएको महसुस गर्न पाउनुपर्ने उनको भनाई थियो ।


सांसद सुनुवारले कुनै पनि बहानामा जनताले पाउने सेवा सुविधामा ढिला सुस्ती नगर्न र सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए । ‘नयाँ वर्षको सबैलाई शुभकामना छ,नयाँ वर्षसँगै अब जिल्लामा ढिला सुस्तीको ढ र भ्रष्टाचारको भ सुन्न नपरोस् ।’ सांसद सुनुवारले जनताले सेवाका नाममा थप दुःख पाउनु नहुने भन्दै जनप्रतिनिधि र कर्मचारी जनताको सेवक भएर काम गर्नुपर्ने बताए ‘मन्त्री र सांसदले भन्दा हुने त्यहि काम जनताले भन्दा किन नहुने ?’ सुनुवारले कार्यालय प्रमुखहरुलाई प्रश्न गरे । मन्त्री र सांसदले दवाद दिएपछि काम गर्ने तर जनताकोे आग्रहमा काम नगर्ने कर्मचारीको प्रवृती सुधार्न सुनुवारले आग्रह गरे । उनले ओखलढुंगालाई खुल्ला दिसामुक्त, पूर्णखोपयुक्त र साक्षर जिल्ला घोषणा गरिसकेकाले अब भ्रष्टाचारमुक्त जिल्ला घोषणा गर्ने उद्घोष गरे ।
जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले नागरिकले पाउने सेवालाई सुलभ बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । सबै तहका जनप्रतिनिधि र कर्मचारीको एउटै लक्ष्य मुलुकको समृद्धि तर्फ केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
त्यस्तै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जनप्रतिनिधि र कर्मचारी बिचको सहकार्यले मात्रै समृद्धि सम्भव हुने बताए । उनले कर्मचारी अभाव सहितका कारणले सेवाप्रवाह प्रभावकारी बनाउन स्थानीय तहलाई समस्या भईरहेको भन्दै सांसद र समन्यव समितिका प्रमुखको ध्यानाकर्षण समेत गराए ।


मंगलबार भएको जिल्ला स्तरीय अन्तरक्रियामा जनप्रतिनिधि र कर्मचारी बिच विभिन्न ४ बुँदे निर्णय भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने देखि जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा जुट्ने सम्मको निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

अन्तरक्रियामा जिल्लाका सांसद सहितका जनप्रतिनिधि र विषयगत कार्यालयका प्रमुख सहितका कर्मचारी र सञ्चारकर्मी सहितको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen