- एसबी जेराे

ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारलाई यो वर्षको खडेरीले निकै सतायो । खडेरीकै कारण वर्षे बाली राम्रो भएन । हिउँदेको आशा गरेका किसानहरु खडेरिकै कारण निराश बन्न पुगे । लामो समय सम्मको खेडेरीको मार खेपेको सोक्माटारको मुहार अहिले फेरीएको छ । ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारलाई यो वर्षको खडेरीले निकै सतायो । खडेरीकै कारण वर्षे बाली राम्रो भएन । हिउँदेको आशा गरेका किसानहरु खडेरिकै कारण निराश बन्न पुगे । लामो समय सम्मको खेडेरीको मार खेपेको सोक्माटारको मुहार अहिले फेरीएको छ ।  सुख्खा मौषममा सोक्माटार हरियाली छ । सोक्माटारको आसपासका अन्य क्षेत्रहरु उजाड सुख्खा छन् । तर सोक्माटार हरियाली देखिन्छ । यहाँका खेत बारिमा मकै, गहुँ, तरकारी लगायतका खेतिबालीले हरियाली देखिएको हो । सोक्माटार दुधकोशी नदि किनारमा अवस्थित हुनाले धेरै गर्मि हुने तथा सुख्खा क्षेत्र मानिन्छ । यस ठाउँमा तीन महिना अघि सम्म खडेरीले वितण्डा मच्याएको थियो । तर सोक्माटारको मुहार तीन महिनामै फेरिएको छ ।

सोक्माटार बस्ती ठिक मुनि हुदै बग्ने दुधकोशी नदिको पानी सौर्य उर्जा बाट पम्पीङ्ग प्रणाली मार्फत बस्ती सम्म ल्याईएको छ । दुधकोशीको पानी उकालो बस्ती सम्म आएपछि सोक्माटारको मुहार फेरिएको हो । कात्तिक महिना बाट दुधकोशीको पानी सोक्माटारमा आएको स्थानिय एकराज राईले बताए । दुधकोशीको पानिले मरिसकेको मकै सुर्ति फर्कियो, उनले भने ‘वर्षेबाली हुदै भएन हिउँदे पनि मरिसकेका थिए पानिले केहि फर्कियो’ । दुधकोशीको पानीले सिंचाई पुगेपछी राईले ३५ धार्नि सुर्ति उत्पादन गरेको बताए । उनले खुसी हुँदै भने ‘ सुर्ती बेचेर ४० हजार आम्दानी गरेँ,पाँच मुरी मकै पनि फलाएँ’ । राईले यि सबैको आश मारि सकेका थिए । सोक्माटारमा वर्षौ देखी नगदे बालीका रुपमा सुर्ति खेती गरिदै आएको छ । सोक्माटारकै वीर्खबहादुर राई मकै गोड्दै गर्दा बारीमा भेटिए । उनले माघ महिनामा छरेको मकै चैत्रमा गोड्दै थिए । उनले पनी दुधकोशीको पानीले गर्दा सोक्माटारको मुहार फेरिएको बताए । आकाशे झरिको भरमा मकै लगाउने राईले भने ‘सिंचाई भएपछी जुन सुकै समयमा मकै फल्दो रहेछ, मलाई थाहा थिएन’ । राईले कतै पाक्न लागेको, कतै पसाउदै गरेको लहलह परेको मकैबारी देखाउदै भने ‘सोक्माटारको मुहार यसरी फेरीन्छ भन्ने कहिल्यै लागेको थिएन’ । ‘सिंचाई सुविधा र हरियो परियो बढे पछी गाउँमा अरुबेला भन्दा सितल महशुस भएको छ’ राईले भने । उनले दुधकोशीको पानीले आलु, फूलकाउली, बन्दा काउली लगायतको तरकारी उत्पादन गरेर विक्रि गरिसकेका छन् । 

तरकारी खेतीको आम्दानीले परिवारका नौ सदस्यको आश्यकता पुरा गर्दै आएका नरेश कुमार राई (४९)को आम्दानी वृद्धि भएको छ । दुधकोशीको पानी बस्ती सम्म आईपुगे संगै उनको आम्दानीमा दोब्बर वृद्धि भएको उनले बताए । ‘पहिले खानेपानीलाई जोहो गर्दै तरकारी खेती गरेको थिए, अहिले कोशीको पानीले झन् सहज भएको छ’। उनले भने ‘अहिले तरकारीबाट राम्रो आम्दानी हुन थालेको छ’ । तरकारी विक्रिबाट राईले मासिक १० हजार आम्दानी गर्छन् । उनको बारिमा फलेको तरकारी जयराम, मानेभन्ज्यांग, हर्कपुर र घुर्मी लगायतका हाटबजारमा विक्रि गर्छन् । तरकारी घरबाट समेत विक्रि हुने गरेको राईले बताए । सिंचाई सुविधा पाए पछि राईले तरकारी खेती गर्ने बारीको क्षेत्र बढाएका छन् । सोक्माटारकै सपतबहादुर राई (६७) करिव एक रोपनीको एक गरामा गोलभेडा खेती गर्छन् । राईले भर्खरै पाक्न थालेको गोलभेडाको विक्रि सुरु गरिसकेका छन् । उनले प्रतिकिलो ६० का दरले २५ किलो भन्दा बढिको विक्रि गरिसकेको बताए । ‘गोलभेडा भर्खर पाक्न थालको छ, बारी बाटै विक्रि हुन थालि सक्यो’ । उनले भने ‘यो एक गरामै ५० किलो भन्दा बढी गोलभेडा फल्छ’ । सिंचाई सुविधा पुग्यो भने मकै भन्दा तरकारी तथा गोलभेडाबाट दोब्बर आम्दानी हुने सपतहबादुरको अनुभव छ । उनका अनुसार आकाशे झरिको भरमा खेती हुने यो सोक्माटारमा अहिले बेमौसमी अन्नबाली तथा तरकारीको प्रशस्तै खेती हुन थालेको छ । ‘बालीनालीको लागि पानीनै सबै भन्दा महत्वपुर्ण रहेछ’ राईले भने ।तीन महिना अघि सम्म सोही ठाउँका नविनकुमार राईले घुर्मी लगायतका नजिकको बजारबाट तरकारी किनेर खाने गरेका थिए ।

अहिले सोहि स्थानका उनि लगायत धेरैले आफ्नो लागि आश्यक तरकारी आफै उत्पादन गर्छन् । नविनकुमारका अनुसार तीन महिनाकै अवधिमा सोक्माटार गाउँको मुहार अचम्म गरि परिवर्तन भएको छ ।  वर्षौ अघि देखी हिलेपानी सोक्माटारमा (काँचोपात) सुर्तीको खेती गरिदै आएको पाईन्छ । यहाँको मुख्य नगदेबालीका रुपमा यसलाई लिन सकिन्छ । कम चिस्यानमा समेत यसको खेती गर्न सकिन्छ । तर यसपालीको खडेरीले (काँचोपात) सुर्तीलाई समेत सुकाएको स्थानिय निर्मलबहादुर राईले बताए । उनले भने ‘खडेरीले सुकिसकेको काचोपात कोशीको पानिले फर्कियो, हरियो परियो देखियो’ ।  बारीमा सुर्ती काट्दै गर्दा भेटिएका राईका अनुसार सिंचाईले सुर्ति, मकै, गहुँ कोदो र तरकारीको उत्पादन बढेको छ । उनले भने ‘वर्षे बाली खडेरीले लग्यो, हिउदे पनी त्यस्तै भयो, नदीको पानी आए पछी बेमौसमी खेती हुन थालेको छ’ । सुर्ति कल्ली बाधेर सुकाएर बेच्ने तरखरमा छन् उनी ।किसानले लगायका अन्नबालीको विगतका वर्षहरु भन्दा दोब्बर उत्पादन भएको उनको अनुभव छ । महादेव स्थान मावि हिलेपानीका शिक्षक पविरास राईका अनुसार सोक्माटार बासीको दिन चर्या फेरीएको छ । सुख्खा तथा गर्मी मौसममा दिन भरि सित्तलमा बसेर दिन विताउनेहरु अहिले खेति बारीमा भेटिन्छन् । उनले भने ‘सोक्माटार बासीको दिन चर्या फेरीयो, केहि महिना अघि सम्म दिन भरी सुतेर दिन विताउनेहरु अहिले खेती बारीमा भेटिने गरेका छन्’। दिउसो घाम लागेको समयमा सौर्य उर्जाबाट नदिको पानी खेती बारीमा आउने भएकाले किसानहरुलाई खेती बारीमा काम गर्न भ्याई नभ्याई हुन्छ । सोक्माटारको मुहार मात्र होईन यहाँको चलन फेरिएको पाईन्छ । सोक्माटारका बुढापाकाहरु यो पुस्ता भाग्यमानी रहेको बताउछन् ।मध्यपहाडी लोकमार्गमा पर्ने सोक्माटार लाई खडेरीले सताउनु सताई रह्यो । तर बस्ती मुनी रातदिन सलल बगेको दुधकोशीको पानीले सोक्माटारको मुहार फेरिन्छ भनेर कसैलाई लागेको थिएन ।

वैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा सोक्माटारमा छ वटा सौर्य उर्जा पम्पीङ्ग प्रणाली जडान भएपछी दुधकोशीको पानी सिधा उचाइ करिव ७५ मिटर माथीको उचाईमा रहेको सोक्माटार गाउँमा आएको हो । स्थानियले ढुवानी र प्राविधिक जडान खर्च एक लाख ५० हजार व्यहोरेका हुन् ।पम्पीङ्ग गरिएको पानी लाई व्यवस्थापन र आवश्यकता अनुसार खेतबारीमा लगाउन पानी जम्मा गर्ने दुईवटा ट्याङ्कीको निर्माण भएका छन् । अरु ट्याङ्की निमार्णको क्रममा छन् । सौर्य उर्जा पम्पीङ्ग प्रणाली बाट तानिएको पानीले सोक्माटारको करिब एक सय ५० रोपनी क्षेत्रफलमा सिंचाई सुविधा पुगको छ ।

दिर्घकालीन योजना आवश्यक

यस आयोजनाको दिर्घकालिन प्रयोगको योजना भने स्थानियले बनाएको पाईदैन । दुधकोशीको पानी कहिले सम्म खेत बारीमा आउने हो स्थानियहरुलाई अन्यौलता छ । करिव तीन महिना अघि देखी सुरुभएको आयोजनाको ६ वटा पम्प मध्ये दुई वटा बिग्रि सकेका छन् । यसको संरक्षण र दिर्घकालिन लाभबारे स्थानियमा अन्यौलता पाईन्छ । सोक्माटार क्षेत्रलाई सिंचाईको सुविधा निरन्तर उपलब्ध गराउन गाउँपालिकाले ठोस योजना बनाउन आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen