- भिजन समाचार

ओखलढुंगा- प्रथम ऐतिहासिक मुलखर्क कप २०७५ हुने भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कमा यहि २०७५ बैशाख १३ गते देखि १७ गते सम्म प्रथम ऐतिहासिक मुलखर्क कप २०७५ हुने भएको हो । उक्त अन्तर गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको तयारी तिव्र पारिएको सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिए । उनका अनुसार जिल्ला भलिवल संघको स्विकृत लिएर आयोजना गर्न लागिएको यो प्रतियोगिता अहिले सम्मकै सबै भन्दा ठुलो पुरस्कार राशीको प्रतियोगिता हो ।

कालीका आधारभुत विद्यालयको प्राङ्गनमा हुने प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ नगद सहित साथमा शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित साथमा शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुनेले २२ हजार २ सय २२ नगद सहित साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रत्येक विद्यामा उत्कृष्ट खेलाडीलाई नगद १ हजार १ सय ११ सहित प्रमाण पत्र र मेडलको व्यबस्था गरिएको आयोजकले जनाएको छ । सुनकोशी गाउँपालिका र ५ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen