- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् ।
विहिबार बिहान सिद्धिचरण नगरपालिका ३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकर प्रसाद मेहताले एक महिलासँग अश्लिल कार्य गरिरहेको बेला आपत्ती जनक अवस्थामा भिडियो खिचेको र सार्वजनिक गरिदिने अन्यथा १ लाख रकम दिनुपर्ने माग गरेको आरोपमा स्थानीय विकासका आयोजनामा काम गर्ने ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगर सहित सोही स्थानका ज्ञानबहादुर आले मगर, अनिल तामाङ, कमल मगर, पावल वि.क ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापा छन् । प्रहरीले उनिहरु विरुद्ध म्याद थप गरि सार्वजानिक अपराध मुद्धा चलाएको छ ।

घटनाबारे शिक्षक मेहता के भन्छन् ?
जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा युवाहरुले भिडियो र तस्बिर खिचेर सार्वजानिक गर्ने भनेपछि प्रहरीमा पुगेका शिक्षक मेहताले आफुले कुनै गलत काम नगरेको जिकीर गरेका छन् । ‘मैले कुनै गलत काम गरेको होईन’ शिक्षक मेहताले भने, ‘मेरो मोटरसाईकल नियन्त्रणमा लिएर उनिहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफु उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उनको तर्क छ ।
शिक्षक मेहताले विहिबार सदरमुकामको एक ल फर्ममा पुगेर आफुलाई कारबाही नहुने गरि उजुरी लेखिदिन आग्रह गरेको समेत खुलेको छ । स्थानीयले आफु गलत हुँदा हुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन् ।

के भन्छ प्रहरी ?
आफु सवार मोटरसाईकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । ‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’ शर्माले भने, ‘रकम असुल्नु गैरकानुनी कार्य हो, त्यसैले उनिहरु विरुद्ध मुद्धा चलाईयो ।’ केही दिन अघि त्यस क्षेत्रमा चोरी समेत भएको र लगतै रकम असुल्न खोजेको उजुरी आएपछि उनिहरुलाई पक्राउ गरिएको उनको भनाई छ । प्रहरी प्रमुख शर्माले सार्वजनिक स्थलमा अश्लिल कार्य गरेको भनिएका शिक्षक मेहता माथि पनि असुन्धान गरेर कारबाही गर्ने बताए ।

शिक्षकको यौन काण्डपछि प्रहरीमा खैलाबैला
शिक्षक मेहताको यौन काण्ड सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा खैलाबैला मच्चिएको छ । स्थानीयले प्रहरीका घुमुवाले शिक्षकसँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोवाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन् । शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपीट समेत गरेको उनीहरुको आरोप छ ।
भिडियो डिलिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले अनुसन्धानका लागि अर्को मोवाइलमा भिडियो सार्दा डिलिट भएको बताएका छन् । नियतले नभइ अर्को मोवाइलमा पढाउने क्रममा भिडियो हटेको भण्डारीको दावी छ ।
स्थानीयले प्रहरीका घुमुवाबाट यसअघि पनि पैसा असुलिएको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्माले घुमुवा भाेलाकाजी भण्डारीलाई जिम्मेवारी परिर्वतन गरेको जनाएका छन् । शर्माले गुनासा आएपछि आफ्नै निगरानीमा राखेर घुमुवा परिवर्तन गरेको बताए। ‘अनुसन्धान भइरहेको छ, प्रहरीमाथि शंका गर्नु पर्दैन, दोषी पाइए कडा कारवाही हुन्छ’ शर्माले भने ।
प्रहरीले भिडियो खिच्ने युवाहरुलाई सार्वजनिक मुद्दा चलाएपछि स्थानीयले अनैतिक कार्य गर्ने शिक्षकमाथि समेत कारवाही गर्न दवाव दिएका छन् । चौतर्फी दवावपछि प्रहरीले पैसाको कारोबारबारे छानविन गर्न शिक्षकमाथि समेत निगरानी राखेर गहन अनुसन्धान गर्ने प्रनाउ शर्माको भनाइ छ ।
प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको मेहेताको नाम नामेसी समेत फरक देखिएको छ । प्रहरीले शंकर मेहतालाई शंकरप्रसाद यादव भनी अर्कै नाम उपलब्ध गराएपछि प्रहरी प्रति आशंका उब्जेको छ ।

यस्तो थियो घटना
विहीबार एक महिलालाई मोटरसाइकलमा राखेर पुगेका शिक्षक महेता र महिलाको अनैतिक कार्य गरेको फोटो खिचेर एक आयोजनामा काम गरिरहेका मजदुरहरुले मोटरसाइल समेत नियन्त्रणमा लिएर पैसा मोलमोलाइ गरेका थिए । पैसाको मोलमोलाइ गरेपछि मेहता पैसा दिने भन्दै बैंकबाट लिएर आउने बचनसहित घटनास्थलबाट हिडेका थिए । उनले पछि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले मजदुरहरुलाई गिरफ्तार गरेको थियो । मजदुरमाथि मुद्दा चलाइएपछि स्थानीयले पैसाको चलखेलमा मजदुरमाथि कारवाही गरेर शिक्षकलाई जोगाउन खोजेको आरोप लगाएपछि प्रहरीले शिक्षकमाथि समेत अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen