- भिजन समाचार

ओखलढुंगा- सिद्धिचरण नगरपालिकामा सृजनशिल शाखाको स्थापना भएको छ । नगरपालिका तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालयले प्रदान गर्ने सेवाका किसिम र प्रवाहबारे जानकारी दिने उद्देश्यले सृजनशिल शाखाको स्थापना गरिएको हो ।

सृजनशिल शाखामा विभिन्न प्रकारका पुस्तक पढ्न र ईन्टरनेट चलाउन पाईने सोच नेपालका जिल्ला अधिकृत बोधनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाखामा पुस्तक,कम्प्यूटर र ईन्टरनेटको व्यवस्था छ । शाखालाई आवश्यक सामाग्री एक कार्यक्रमका बिच सोच नेपाल, पारस्परिक जवाफदेहिता परियोजनाका परियोजना सहायक राजेन्द्र कोईरालाले नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।


सोचले हस्तान्तरण गरेका सामाग्री बुझ्दै नगर प्रमुख श्रेष्ठले सुचना र प्रविधिमैत्री नगर निर्माणमा सहयोग गरेकोमा सोचलाई धन्यवाद दिए । सृजनशील शाखालाई पुस्तकालयको रुपमा पनि विकास गर्ने प्रमुख श्रेष्ठले प्रतिवद्धता जनाए । सृजनशिल शाखालाई पुस्तकालयको रुपमा पनि विकासगर्न र अध्ययन गर्ने वानीको विकास होस भन्ने उद्देश्यले सामाग्रीहरु हस्तान्तरण गरिको सोच नेपालका परियोजना सहायक राजेन्द्र कोईरालाले बताए । समुदाय स्तरमा सूचनाको पहुँचलाई बृद्धि गर्ने, नागरिक समाज संस्था, आम सञ्चारमाध्यम र समुदायहरु बीचको सम्बन्ध विस्तार गर्ने र अध्ययन गर्ने बानिको विकास गर्ने उद्देश्यले सहयोग गरिएको उनले बताए ।


सोच नेपालको तर्फवाट सृजनशील शाखाका लागि १ थान कम्प्युटर, कम्प्युटर राख्ने टेवल कुर्सी, ७५ प्रकारका १ सय ५ थान पुस्तकहरु हस्तान्तरण गरिएको छ । युएसएआईडी र एफएचआई ३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सोच नेपालले सञ्चालन गरेको पारस्पारिक जवाफदेहिता कार्यक्रम अन्तर्गत उक्त सामाग्रीहरु दिएको हो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen