- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- दिउँसै मदिरा सेवन गरेर होहल्ला गर्ने ओखलढुंगाका एक वडाअध्यक्ष पक्राउ परेका छन् । दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।


स्थानीयले उजुरी गरेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए । ‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौं,उहाँ अहिले प्रहरीमै हुनुहुन्छ ।’ शर्माले भने ।
खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् । शुक्रबार दिउँसै पक्राउ परेका खत्री अहिले प्रहरी चौकी कोषभञ्ज्याङको हिरासतमा छन् । खत्री सावीकको फेदिगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उमेद्वार भई निर्वाचित वडा अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen