- भिजन समाचार

ओखलढुंगा- सुनकोशी गाउँपालिका ओखलढुंगालाई भवन निर्माणको लागि निशुल्क जग्गा प्राप्त भएको छ । गाउँपालिकाको भवन निर्माणको लागि सुनकोशी गाउँपालिकाको केन्द्र मुलखर्क स्थित भञ्याङ डाँडामा १८ रोपनी जग्गा निशुल्क रुपमा प्राप्त भएको हो ।


सुनकोशी गाउँपालिका ५ मुलखर्क निबासी राजु तामाङले किता नम्बर १ हजार तिन र १ हजार ६ को किता बाट १३ रोपनी र सोही स्थानका कर्ण बहादुर तामाङले कित्ता नम्बर १ हजार ८ र एक हजार दश बाट ५ रोपनी जग्गा निशुल्क रुपमा रजिष्टेशन पास गरि गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीलाई लालपुर्जा हस्तान्तरण गनुभएको हो ।


गाउँपालिकाको भवन निर्माणको दुई जना जग्गादाताले ३६ लाख बराबरको जग्गादान गर्नुभएको हो । गाउँपालिकाले जग्गा दातालाई सहयोगको उच्च मुल्याकन गर्दै धन्यवाद सहित कदर पत्रले सम्मान गरेको छ ।

जग्गा दाताले दिएकोे जग्गामा निकट भबिष्यमा नै गाउँपालिकाको भवन निर्माण गर्ने गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले प्रतिबद्धता जनाउनु भएको छ ।
आफ्नै घर छेउमा गाउँपालिकाको केन्द्र रहने भएपछि आफुहरुले निशुल्क जग्गा दान गरेको जग्गादाताहरुको भनाई छ । ओखलढुंगाका १ नगरपालिका र ७ गाउँपालिकामा भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने सम्भवतः सुनकोशी गाउँपालिका पहिलो पालिका हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen