- भिजन समाचार

ओखलढुंगाको मोलुङ र सुनकोशी गाउँपालिका जोड्ने मोलुङ खोलाको पक्की पुल ठेक्का लागेको ५ वर्षमा पनि निर्माण हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको ठेक्का ५ वर्षमा पनि निर्माण हुन नसकेको हो ।

ठेक्का लागेको ४ वर्षपछि गएको वर्ष तत्कालीन प्रमूख जिल्ला अधिकारी फडिन्द्र दाहालले शिलान्यास गर्नु भएको थियो । ठेकेदारले कामलाई तिव्रता दिने प्रतिबद्धता जनाए पनि निर्माण कार्यले गति लिन नसक्दा पुलको एकातर्फको पिल्लरसमेत निर्माण हुन सकेको छैन ।

जिल्लाको पूर्व र पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण मोलुङ पुल निर्माणमा ठेकेदार पक्षले विविध प्राविधिक कारण देखाउँदै आएको छ । पुल निर्माणको जिम्मा पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रविन्द्र लामाले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

तर अहिले सब–कन्ट्रयाक्टर लामा आफै काम छाडेर भागेपछि निर्माण कार्य अलपत्र परेको ठेकेदार कम्पनीका प्रमूख भिमबहादुर साउदले बताउनुभयो । २०७० असार ३० गते दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि काम हुन सकेको थिएन । ‘पाइल फाउण्डेशन’ प्रविधिबाट निर्माण गरिने भनिएको पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्नै १८ महिना लागेको थियो ।

भुत प्रेत लागेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले ०७४ असारमा भुत प्रेत पुजासमेत गर्नुभएको थियो । पछिल्लो पटक थप गरिएको म्याद अनुसार २०७४ असार मसान्तभित्र पुल सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा पुरा हुन सकेन ।

जिल्ला प्राविधिक कार्यालयका प्रमूख विजयमुनि बज्राचार्यले हालसम्म ठेकेदारले झण्डै ५० लाख बराबरको मात्र काम गरेको बताउनुभयो । पटक पटक ताकेता गर्दा पनि सब – कन्ट्रयाक्टरको बदमासीले गर्दा काम नभएको उहाँको भनाइ छ ।

सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ पुर्‍याइएको छ । स्वीस सरकारको सहयोगमा निर्माण गर्न लागेको पुलको ठेक्का जिल्ला विकास समितिले लगाएको हो । यसको प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी) ले गरेको छ ।

मोलुङ खोला पुल ८० मिटर लम्बाई र ५ मीटर चौडाइको निर्माण हुनेछ । ठेकेदार कम्पनीले काम गर्न नसकेपछि सरोकारवालाको दवावमा पेश्की बापत् दिइएको ३३ लाख २५ हजार रकम जिल्ला विकास समितिले फिर्ता लिएको थियो । सम्झौता लगत्तै दिइएको पेश्की रकम निर्माण कम्पनीको बैंक ग्यारेन्टी रकमबाट जफत गरी फिर्ता लिइएको हो । पुल निर्माणमा ताकेता नगरी जनप्रतिनिधि समेत माैन बसेकाे स्थानीयकाे अाराेप छ ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen