ओखलढुंगा- १०८ औँ अन्तराष्ट्रिय नारी दिवस विहिबार ओखलढुंगा सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो ।

महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ ।
नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो । यसैबिच ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार र मोलुङ गाउपालिकाको रामपुर, हर्कपुर, चम्पादेवी, सहितका जिल्लाका सबै जसो पालिकाका विभिन्न स्थानमा चेतनामुलक कार्यक्रमहरु गरि दिवस मनाइएको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् ।
रुम्जाटारमा महिला एकता कृषि सहकारीको आयोजनामा महिला तथा बालबालिका कार्यालय ओखलढुङ्गाको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । सोच नेपाल ओखलढुङ्गा, युएसएआईडी र एफएचआई ३६० को सहयोगमा सोच नेपालको आयोजनामा महिला हिंसाको विरुद्धमा म बोल्छु लेखिएको व्यानरमा सामूहिक हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो । रुम्जाटारको टुडिखेलबाट सुरुभएको विभिन्न नारा सहितको ¥यालीले बजार परिक्रमा गर्दै पुनः टुडिखेलमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।
यसैबिच मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरमा पनि बिभिन्न कार्यक्रम गरि दिवस मनाईएको छ । दिवसको अवसरमा लोक गित प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा ५ टिमको सहभागीता रहेको भिजनकर्मी भुवन श्रेष्ठले जानकारी दिनुभयो । रेडक्रस र स्थानीय अन्य संघ संस्था बिचको सहकार्यमा मोलुङ गाउँपालिकामा पनि कार्यक्रम गरिएको रेडक्रसका कार्यक्रम संयोजक रेशमबाबु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ चेतनामुलक लोकगित प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसैबिच अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भिजन एफएमले सरोकारवालासँग बहस गरेको छ । युएसएआइडीको सहयोग तथा कोशीस नेपाल ओखलढुंगा र फोर्ड नेपाल ओखलढुंगाको साझेदारीमा सञ्चालित सबल कार्यक्रम, मानवबादी समाज (साेच) नेपालको सहयोगमा सरोकारवालाहरुसँग एफएमले नारी दिवसको सार्थकता र महिला सहभागीताका विषयमा बहस गरेको हो ।

बहसमा सहभागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले चेतनाको कमी नै महिलाको विकासका लागि बाधक भएको भन्दै सचेतनाका कार्यक्रमहरुमा जोड दिनपर्ने बताउनुभयो । उहाँले अन्यायमा परेकालाई न्याय दिन प्रहरी पछि नहट्ने प्रतिवद्धता समेत जनाउनुभयो । महिला शसत्तीकरणका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने प्रहरी प्रमुख शर्माको भनाई छ ।
त्यस्तै संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) का जिल्ला संयोजक सरीता दाहालले निकायहरु बिचमा सहकार्य बढाएर स्थानीय तहको नेतृत्वमा महिला विकासका कार्यक्रमहरु सञ्चालन हुनुपर्ने बताउनुभयो । एकै पटकमा धेरै माझ पुग्ने भएकाले मिडिया मार्फत सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने दाहालको भनाई छ ।

बहसमा सहभागी इन्सेक प्रतिनिधि (पत्रकार) शिव ढुंगानाले समान सहभगिताका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नागरिक समाजले यसका लागि स्थानीय सरकारसँग साझेदारी र खबरदारी सँग सँगै गर्नुपर्नेमा जोड दिनुभयो । गैससकर्मी सबल कार्यक्रमका बरिष्ठ जिल्ला संयोजक इन्द्र तामाङले महिलाको जिवनस्तर रुपान्तरणका लागि गैससका कार्यक्रमहरु केन्द्रित हुनुपर्ने बताउनुभयो । तामाङले माग र आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गरिरहेको दावी गर्नुभयो ।
त्यस्तै कोशीस नेपाल सबल कार्यक्रमका कार्यक्रम संयोजक पुन्यवती श्रेष्ठले चेतनाको विकाससँगै महिलाहरु सकृृय बन्न थालेको बताउनुभयो । बहसमा सहभागी सबै वत्ताले महिलाको निर्णायक तहमा सहभागीता बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen