- भिजन समाचार

ओखलढुंगा- रेडियोकर्मी तथा लोक गायक लिला श्रेष्ठको उपचारका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले सबै सरोकारवाला पक्षसँग अपिल गरेको छ ।

लामो समय ओखलढुंगामा पत्रकारिता गरेर अहिले रेडियो काठमाडौंमा कार्यरत रेडियोकर्मी श्रेष्ठ लामो समयदेखी हाड जोर्नी तथा नशासम्बन्धी रोगबाट पीडित भएकाले उपचारको सहयोगका लागि महासंघले अपित गरेको हो ।

महासंघको बैठकले दिल्लीमा उपचाररत पत्रकार श्रेष्ठलाई जिल्ला शाखाको समन्वयमा क्रियाशील संचारकर्मीहरुबाट आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

जिल्लाका सञ्चारमाध्यम र सञ्चारकर्मीको सकृयतामा आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरिने कार्यवाहक अध्यक्ष शिबप्रसाद ढुगानाले जानकारी दिनुभयो ।

पत्रकार श्रेष्ठ हाल भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen