- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको मोलुगं गाउँपालिका ५ लिस्पुका एक परिवारले आफ्नो छोरोको स्मृतिमा जनस्वास्थ्य इकाइ स्थापना गरेको छ । मोलुगं ५ का नेपाल परिवारले अल्पायुमै ज्यान गुमाएका आफ्ना छोराको स्मृतिमा जेपी स्मृति जनस्वास्थ्य इकाइ स्थापना गरेको हो ।
मृगौला रोगबाट पीडित आफ्नो ३५ वर्षीय छोरा जयप्रसाद नेपालको मृत्यु भएपछि यहाँका मोतिलाल नेपाल र देवी नेपालले तीन आना जग्गामा दुई तल भवन निर्माण गरेर जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगालाई हस्तान्तरण गर्नु भएको हो ।

छोराले आफुलाई अंश वापत ३ आना जग्गा मात्र मागेको र उसको अल्पायुमै मृत्यृ भएकाले अन्य सर्वसाधारणले गाउँमै उपचार पाउन सकुन भन्ने उद्देश्यले जनस्वास्थ्य इकाइ स्थापना गरिएको नेपाल परिवारले जनाएको छ । जय प्रसादका बुबा मोतिलाल नेपालले छोराका नाममा रहेको इकाइको नाम परिवर्तन नगरि संचालनका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग अनुरोध गर्नुभएको छ ।
श्रीचौरको मंगलबारेमा स्वास्थ्य चौकी भए पनि लिस्पुका बासिन्दाका लागि निकै टाढाको दुरीमा रहेको थियो । यहाँ जनस्वास्थ्य इकाइ स्थापना भएपछि निकै सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । अहिले गाउँपालिकाले औषधी र दुई जना कर्मचारी खटाएर सेवा समेत शुचारु गरिरहेको छ । इकाइको स्थापना भने ०७१ सालमै भएको हो ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen