- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्न ओखलढुंगाका स्थानीय तहका प्रमुखहरु सहमत भएका छन् । तिलगंगा आँखा केन्द्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजनामा भएको आँखा उपचार सेवा विस्तार सम्बन्धी छलफलमा ओखलढुंगाका ७ गाउँपालिकाका प्रमुखहरुले आँखा उपचार केन्द्र स्थापना गर्न सहमति जनाएका छन् । स्थानीय सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन जिल्लामा मात्र सिमित रहेकाले स्थानीय तहसम्म विस्तार गर्न गाउँपालिकाका प्रमुखहरुले तिलगंगा आँखा प्रतिष्ठानसँग प्रस्ताव तयार पार्न आग्रह गरेका छन् ।

स्थानीय सरकारका प्रमुखहरुसँग छलफलपछि प्रतिष्ठानले परियोजना प्रस्ताव नै तयार गरेर पुनः छलफल गर्ने निर्णय भएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना भएपछि उपचार खर्च व्यहोर्न नसक्ने नागरिकको उपचार खर्च स्थानीय तहबाटै व्यवस्था गर्नु पर्ने बताउनुभयो ।
प्रतिष्ठानले चैतभित्र प्राविधिक प्रस्ताव तयार गरी स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेर सम्झौता गर्ने गरी काम गर्ने जनाएको छ ।
गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुले स्थानीय सरकारले आँखा उपचार केन्द्रलाई स्थानीय स्वास्थ्य संस्थाभित्रै पहिलो चरणमा व्यवस्थापन गरेर सेवा विस्तार गर्न गाउँ सभाबाटै निर्णय गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
चिसंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्माले स्थानीय सरकारले नागरिकको स्वास्थ्य उपचारको हक सुरक्षित गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले अब गाउँपालिकामा आँखा उपचार केन्द्र बनाउन पहल गर्ने पनि जानकारी दिनुभयो । गाउँपालिकामा आगामी दिनमा आँखा उपचार केन्द्र र जिल्ला सामुदायिक आँखा केन्द्रलाई स्तरोन्नति गर्ने विषयमा पनि स्थानीय सरकारका प्रमुखहरु सहमत भएका छन् । प्रतिष्ठानले गरेको अध्ययनका आधारमा तयार गरिएको तथ्यांक अनुसार ओखलढुंगामा कुनै न कुनै किसिमका ४५ हजार ५ सय १८ जना आँखाका रोगी रहेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen