- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी जडान गरेको हो ।
पहिलो चरणमा ८ वडा वडा कार्यालय ७ वटा स्वास्थ्य संस्था र ७ वटा माध्यमिक स्तरका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं. १ र २ का कार्यालयहरुमा जडान गरेर सुरु गरिएको छ भने अन्य कार्यालयहरुमा धमाधम जडान भइरहेको छ । विद्युतीय हाजिरीले कर्मचारीलाई समयमा उपस्थित हुन र नियमित रुपमा कार्यालयमा बस्ने वातावरण तयार गर्ने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।
सुशासनको अवस्था सुधार गर्न र सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले गाउँ कार्यपालिकाले निर्णय नै गरेर सबै कार्यालयहरुमा विद्युतीय हाजिरी जडान गर्ने निर्णय यस अघि नै गरेको थियो ।
सामुदायिक विद्यालयहरुमा शिक्षकहरु समयमा उपस्थित नहुने र भए पनि कक्षा नियमित सञ्चालन नगर्ने परिपाटीका कारण शैक्षिकस्तर खस्किएको गुनासो बढ्दै गएपछि विद्यालयलाई केन्द्रित गरेर विद्युतीय हाजिरीको पद्धति विकास गरिएको गाउँपालिकाले जनाएको छ ।
चिसंखुगढी गाउँपालिका सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गर्ने ओखलढुंगाको पहिलो स्थानीय तह हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen