- शेरसाङ्गे शेर्पा

ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार पर्व मनाईएको छ । बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड २१४५ औं सा फो ख्यि लो ग्याल्पो ल्होसार फलाटे बजारमा बृहत कार्यक्रमका बिच भब्यताका साथ मनाईएको हो ।
लोसारको अवसरमा ३ दिन सम्म खिजिदेम्बमा विभिन्न कार्यक्रमहरु गरिएको थियो । खिजिदेम्बा गाउँपालिका, ओभर्सिज ह्याल्पिङ ह्यान्डस र नेपाल शेर्पा युवा संघ ओखलढुंगाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । सम्पन्न कार्यक्रममा नेपालका महान बौद्ध गुरु ५ औं औंतरी तोलाका टुल्कु ङवाङ लोप्साङ रिन्पोछेको बाहुलीबाट आयुको अभिषेक छेवाङ साथै धार्मिक प्रवचन समेत भएको थियो । कार्यक्रममा हजारौँको संख्यामा बौद्ध धर्मावलम्बीहरूको उपस्थिती थियो । कार्यक्रममा सोलुखुम्बु, रामेछाप, खोटाङ, सिन्धुली लगायतका ठाउँबाट धर्मावलम्बीहरू उपस्थित भएका थिए ।

३ दिन सम्म चलेको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकर्मीहरुको पनि बेजोडको प्रस्तुती रहेको थियो । कार्यक्रममामा १४ वर्षदेखि ३० वर्ष उमेर सम्मका शेर्पा युवाहरुको लागि श्याब्रु नृत्य आयोजना गरिएको थियो । सम्पन्न श्याब्रु नृत्य प्रतियोगितामा नगद रु २५ हजारका साथमा प्रमाणपत्र हात पार्दै शेर्पा रीतिरिवाज उत्थान समिती खिजिदेम्बा ९ प्रथम, नगद रु १५ हजारका साथमा प्रमाणपत्र हात पार्दै उन्जेलामा स्मृति प्रतिष्ठान खिजिदेम्बा ९ दित्तीय र नगद रु १० हजारका साथमा प्रमाणपत्र हात पार्दै बौद्ध साँस्कृतिक मञ्च खिजिदेम्बा २ तृतीय भएको निर्णायक टिमका पेम्बा शेर्पाले जानकारी दिनुुभयो । श्याब्रु नृत्य प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो । सहभागी सबै टिमलाई हौसला प्रदान गर्नका लागि नगद रु ४ हजारको साथमा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बरिस्ठ लोक गायक नबिन ढुंगेल, गायक संगितकार गणेश पराजुली ,गम्बु शेर्पा, डोमा शेर्पा , दावा के शेर्पा, आङ काजी शेर्पा, जीवन बम्जन, दावादिन शेर्पा, नङमु शेर्पा लामा, फुर्बा शेर्पा, जिबन सुनुवार लगायत कलाकारहरुको बेजोड प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । कार्यक्रममा मोडेल तथा नृत्यंगा लोमु शेर्पाको आकर्शक नृत्य प्रस्तुतीले उपस्थित दर्शकको मन जितेको थियो ।
बृहत लोसर कार्यक्रममा नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले डिजे ब्याटल र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त गायक,गायिकाहरुको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । लोसरकै अवसरमा शेर्पाले नै लेखन, निर्देशन, डाइरेक्टरको भुमिका निर्वाह गरि बनाइएको फिल्म “टिन्छेन फमा“ समेत प्रदर्शन गरिएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाली लोक गीतको क्षेत्रमा माछी मारन, साली भेना, सुपारी जाईको माला, काँचो कटर लागयतका चर्चित गीत गाएर ४ दसक पार गरिसक्नु भएका नेपालका चर्चित गायक नबिन ढुंगेललाई नगद सहित बिशेष सम्मान प्रदान गरिएको थियो । उहाँलाई सम्मान प्रदान गर्दा उपस्थित हजारौं बौद्ध धर्मावलम्बीहरूले उठेर तालीले सम्मान प्रकट गरेका थिए । त्यस्तै मिस शेर्पा २०१८ फस्ट रनरअप ल्यहमु शेर्पालाई पनि प्रतिभाशाली सम्मान प्रदान गरिएको थियो । ८० भन्दा धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक नव ढुंगेललाई हिरो अफ द ईयरको रुपमा सम्मान प्रदान गरिएको थियो । मिडिया पार्टनरको भूमिका निर्वाह गर्ने भिजन एफएम सहितका सञ्चारमाध्यमलाई कदरपत्र प्रदान गरिएको थियो ।

ओखलढुंगा ओभरसिज हेल्पिङ ह्याण्डका संस्थापक एबं गायक गम्बु शेर्पाले कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सहयोगी हात तथा कार्यक्रमलाई सांगितिक कार्यक्रम मार्फत माहोल तताउने कलाकर्मीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य प्रतिनिधि सभा सदस्य ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले ओखलढुंगा खिजिदेम्बाका शेर्पाहरुले शेर्पा जातिको जातीय पहिचान र मौलिक परम्परालाई जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सबै जात जातीले आफ्नो मौलिक पहिचान,जातीय अस्तित्व र चिनारीहरुको संरक्षण गर्दै निकट भविष्यमा पनि यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्नुभयो । त्यसका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै अब छिट्टै ओखलढुंगाको मुहार फेर्नेगरी दिगो विकासका कार्यक्रमहरुलाई जोड दिने बताउनुभयो । त्यस्तै ओखलढुंगा प्रदेश सभा क का सांसद अम्बिरबाबु गुरुङले शेर्पा जाति नेपालको एक साहसी र इमानदारी जाति भएको भन्दै ओखलढुंगाको खिजिदेम्बा क्षेत्रको बिकास गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउनुभयो । योजना सहित विकासका काममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको समीक्षा गर्दै नेपाल शेर्पा युवा संघका अध्यक्ष पासाङ ङिमा शेर्पा र खिजिदेम्बा ओभर्सिज ह्याल्पिङ ह्यान्डसका संयोजक तथा गायक गम्बु शेर्पाले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र आगामी दिनहरुमा पनि निरन्तर रूपमा लोसर मनाउनुपर्ने कुरामा जोड दिइएको बताउनुभयो । ओभर्सिज ह्याल्पिङ ह्यान्डसका संयोजक तथा गायक गम्बु शेर्पाले लोसर कार्यक्रम सम्पन्न गराउनका लागि ज्यान परदेशमा मन घरदेशमा भएका सहयोगी मनहरुको ठुलो भुमिका रहेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
यसैबिच पात्लेमा पनि २१४५ औं सा फो ख्यि लो ग्याल्पो ल्होसार भव्य रुपमा मनाईएको छ । आदिवासी जनजाती समाज पात्लेको आयोजनामा ल्होसार मनाईएको हो । वडा अध्यक्ष आङपशी शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय शेर्पा समुदायका युवाहरुले कला प्रदर्शन गरेका थिए । पहिलो पटक भव्य रुपमा पात्लेमा यस्तो कार्यक्रम गरेर पर्व मनाईएको आयोजकले जनाएको छ । पात्लेको विकास र आदिवासी जनजातीको हितमा काम गरेको भन्दै स्थानीय समाजसेवी र जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen