- भिजन समाचार

ओखलढुंगा कला र गलाको उर्भर भूमि हो । जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले कृर्तीमानी कमाएका खबरहरु समय समयमा आउने गरेका छन् । कला, साहित्य र पत्रकारीता क्षेत्रमा अग्रणी जिल्ला मानिने ओखलढुंगाका युवाहरु पछिल्लो समय खेल क्षेत्रमा पनि सकृय बन्दै गएका छन् । ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका १ कुइभिरका हरि अधिकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ट भलिबल खेलाडीको पहिचान बनाउन सफल भएका छन् । उनै अधिकारीसँग भिजन नेपाल ओखलढुंगा साप्ताहिकका लागि भिजनकर्मी संगिता अधिकारीले कुराकानी गर्नुभएको छ :

स्वागत छ यहाँलाई ।
धेरै धेरै धन्यवाद ।
पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
म खेल्नमै ब्यस्त छु । खेल बाटै जीवन अगाडी बढाइरहेको छु ।

खेल क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मैले जब नेपाली सेना आर्मीमा २०६८-३-२६ मा प्रवेश गरे त्यसमा मेरो दुई बर्ष तालिममा रहे खेल क्षेत्रमा प्रवेश गर्नको लागी मलाई मेरो शारीरिक रुपले साथ दियो । मेरो हाइट,बिटनेस राम्रो भयो । प्रत्येक बर्ष टनमेन्ट हुन्छ,जसलाई बाहिने टन्ट्मेन्ट भनिन्छ । त्यसमा म उत्कृष्ट गेम देखाउन सफल भए । र आर्मी क्लब बाट अहिले सम्म म मेरो आदरणीय दाई ओखलढुंगाकै हरि थापा दाइले राम्रो मान्छे लाई क्लबमा ल्याउने भनेर छनौट गर्नुभयो । दाईलाई धेरै सम्झिन चाहन्छु उहाँ अहिले शान्त सेनामा हुनुहुन्छ । र ओखलढुंगाकै आदरणीय दाई टेकनाथ ढुंगाना उहाँले पनि मलाई खेल क्षेत्रमा प्रवेश ठुलो सहयोग गर्नुभएको छ । उहाँहरु दुबैजना लाई धन्यवाद सहित धेरै सम्झिन चाहन्छु । यसैगरी मेरो खेल यात्र शुरु भयो ।
खेल जीवन कस्तो हो ? भलिबल कत्तिको सजिलो खेल हो ?
बच्चा देखिकै खेल मनपराउथे रहर लाग्थ्यो खेल्न । खेल क्षेत्रमा सफलता पाउन मुस्किल नै छ । तर पनि आफुले मेहनत गर्यो भने सफलता पाउन सकिन्छ । खेल क्षेत्रमै मेहनत गरेर अगाडी बढ्ने सोच छ सबैको मन जितेर आफ्नो नाम बिश्व सामु चिनाउने लक्ष छ । अब हेरौ कति सम्म सफल हुन्छु ।
कति राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुनुभयो ? कहिले र कुन कुन समयमा ?
राष्ट्रिय खेल धेरै खेलेँ । ७ औं राष्ट्रिय खेल इटहरीमा २०७३,पुस ८ गते देखी १५ गते सम्म भएको थियो । त्यसमा म बिजयी भए । त्यही म्याच बाट म माल्दिभ्सको सेन्ट्रोल जोन गेममा नेपालबाट खेल्न गए २०१७ मार्च ३० तारिकमा त्यो गेममा मेरो टिम तेस्रो हुन सफल भयौं । यो मेरो अन्तराष्ट्रिय पहिलो खेल पनि हो । त्यसैगरि युरोपको डेनमार्क मा खेले नेपालमै बंगलादेश र डेनमार्क संग खेल्दा पनि बिजयी भएको थिए । त्यसमा मेरो खेल सबैको भन्दा उत्कृष्ट भएको थियो । भर्खरै मात्र हङकङमा २०६८ बैशाख २६ मा गेम भएको थियो । त्यसमा पनि बिजयी भए । जनवरी घण् मा मकाउमा भएको खेलमा पनि बिजयी भए । अहिले सम्म अन्तराष्ट्रिय ४ वटा देशमा गेम खेलेँ ।
प्रतिस्पर्धामा हार जित दुबै हुन्छ त्यो दुबै कुरा स्विकार्य सजिलै गर्न सकिन्छ ?
सकिन्छ, किनकि आफुलाई गेममा कमजोर महशुस गर्नु हुँदैन । म भगवान प्रती आस्था राख्ने मान्छे हुँ भाग्यमा पनि विश्वास राख्छु । अरुले जिते भने आफ्नो भन्दा राम्रो खेल्यो भने एक अर्कोमा हार जित हुँदा दुःख त लाग्छ तै पनि आफ्नो कमजोर पत्ता लगाएर अर्को गेममा राम्रो गर्छु भन्ने लाग्छ ।
अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा कुन कुन देशबाट बढी सफलता पाउनु भयो ?
माल्दिभ्स,मकाउ र हङकङ बाट बढी सफलता मिल्यो ।
सफल भएको सम्झन लायक पल कुनै छ ?
सम्झन लायक पल अनगिन्ती छन । माल्दिभ्स बाट बिगत ४१ बर्ष पछि नेपाललाई अन्तराष्ट्रिय मेडल भित्र्याउन सफल भयौं सफल भए म इन्टरनेसनल एयरपोर्टमा मा बिजयी हासिल गरेर हाम्रो टिम फर्किएपछी प्रधानमन्त्री बाट सम्मान पायौं । त्यो पल अबिस्मरणिय छ । अहिले पनि सम्झन्छु प्रधानमन्त्री को हात बाट लयु खान पाउदा अत्यन्तै खुशी भएको थिए । कतै खुसी थिए त कतै दुस्खको अनुभुती भएको त्यहि समयमा घरमा हजुरआमा बित्नु भएको खबर ले धेरै दुःख लागेको थियो । त्यो पिडा लाई भुलेर पनि देशले जितेको आफुले जितेर आएको समयमा खुसीमा रमाएँ ।
खेल क्षेत्रमा जो कोहि मानिस सफल हुन सक्छ भन्ने त हुँदैन नि होईन ?
सफल नहुने भन्ने हुन्न । गाह्रो पनि छ ,चुनौती धेरै छन । मेहनत गरेर अगाडी बढ्यो भने सफलता पाउन अवश्य सकिन्छ ।
खेल जिवनको यात्रा कहिले सम्म कस्तो छ ? र अबको भावी योजना के छ ?
यसमा अहिले यत्तिनै भन्ने छैन ,खेल मेरो जिवन हो । शरिर ले साथ दिए सम्म मेरो सास रहे सम्म खेलिरहन्छु । खेललाईनै निरन्तरता दिन्छु ।
भलिबल खेलको विकासका लागी राज्यले जे गरिरहेको छ,त्यो प्रयाप्त छ ?
हाम्रो देश नेपालमा विदेशमा जस्तो ब्यवस्थापन अझै हुन सकेको छैन । अन्य देशमा जस्तो कुनै क्षेत्रमा पनि भएको पाइदैन तर पनि पहिलेको तुलनामा अहिले धेरै राम्रो भएको छ । अझै राम्रो हुनेछ भन्ने आशा गरेको छु । व्यवस्थापन राम्रो भए हामी जतिपनि अघि बढ्न सक्छौं ।
एउटा सक्षम खेलाडीका रुपमा चिनिन पाउँदा कस्तो महशुस गर्नुभएको छ ?
आफुले आफुलाई भाग्यमानी ठानेको छु । सर्बप्रथम त मेरो बुबा आमा लाई सधैं सम्झिन्छु,जुनसुकै गेममा पनि आमा लाई सधैं सम्झिन्छु । उहाँहरुकै प्रेरणा ले आज म सफल छु । गर्भ लाग्छ राष्ट्रिय खेलाडीका रुपमा आफुलाई चिनाउन पाउदा ।
ओखलढुंगामा जन्मिएको मान्छे,सफल खेलाडी बन्नु भएको छ,आफ्नो ठाउँलाई कसरी सम्झिनु हुन्छ ?
प्यारो ओखलढुंगा सिद्दिचरण श्रेष्ठले चिनाएको हाम्रो ओखलढुंगा यहाँ प्रसिद्ध प्रसिद्ध ब्यक्तिहरु जन्मिएको ओखलढुंगा लाई मैले पनि केहि गरेर चिनाउनु पर्छ भन्ने लाग्छ । अन्य ठाउँमा गए भने यो ठाउँको मान्छे हो भनेर सबैले चिन्छन । ओखलढुंगामा जन्मिनु गौरवको कुरा लाग्छ । खेल क्षेत्रमा केहि बन्ने केहि बन्ने सोच छ त्यसलाई सफल बनाउछु खेल क्षेत्रबाटै आफु चिनिन्छु,आफ्नो जिल्लालाई चिनाउछु देशलाई चिनाउछु ।
तपाईंको खेल जिवन सुखमय र सधैं सफल रहोस् । समय र बिचारका लागी धेरै धन्यवाद ।
यहाँ लाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । आफ्ना कुराहरु राख्ने मौका दिनु भयो । यहाँको मिडिया मार्फत मेरा कुराहरु राक्ने मौका दिनु भएकोमा फेरि पनि धेरै धन्यवाद ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen