- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीमा भएको प्रथम मा.वि. स्तरिय भलिबल प्रतियोगिता हिमगंगा मा.वि रावादोलुले जितेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कुण्डली मा.वि.को आयोजना तथा समाबेशी बाल क्लबको प्रायोजनमा भएको प्रतियोगितामा हिमगंगा मा.वि. प्रथम भएको हो ।

खिजीदेम्बा गाउपालिका अन्तर्गतका मावि स्तरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा आयोजक कुण्डली मा.वि. खिजीकाती द्धितीय, फुलमती मा.वि. फलाटे तृतिय र चण्डेश्वरी मा.वि.माझगाउँ सान्त्वाना भएको कुण्डली मा.वि.का निमिक्त प्रअ रामबहादुर थारुले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कमलप्रसाद न्यौपाने,भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने लगायतले खेल आयोजनाका लागि सहयोग गर्नुभएको थियो । खेल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कलम न्यौपानेले खेलक्षेत्रको विकासका लागि आफु सदैव लागि रहने प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen