- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ । २९ वर्षिय विपनाले अनौठो शिशुलाई जन्माएकी हुन् ।

फोटो : ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा जन्मिएको अनौठो शिशु ।                  तस्बिर साैजन्य कुम्भराज रार्इ

शिशुको टाउकोको दायाँ तर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नै देखिदैन । २ किलो ७ सय ग्राम तौल भएको शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको दुध तान्न नसक्ने भएकाले अहिले शिशुलाई इन्कुवेटरमा राखिएको छ ।
अहिलेको अवस्था हेर्दा बच्चालाई आमाको पेटभित्रै ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । उनलाई केही दिन बढ्न दिएर थप परिपक्व भएपछि काठमाडौं रेफर गरिने अस्पतालका चिकित्सक (एमडिजिपी) संजय पोख्रेलले बताउनुभयो । डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो या होइन भन्ने थाहा हुन्छ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने पनि पोखरेलले बताउनुभयो ।
चिकित्सकका अनुसार यसलाई जन्मजात शारिरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुका मूख्य चारवटा कारणहरु हुन्छन् । ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनु । यी कारणहरुले यस्तो हुने सम्भावना बढी हुने डा.पोख्रेलले बताउनुभयो । अस्पतालमा अनौठो बच्चा जन्मीएपछि हेर्नेहरुको भिड बढेको छ ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen