- भिजन समाचार

ओखलढुंगा-ओखलढुंगाको सुनकोशी गाउँपालिकाका दुइ वटा वडाले कर संकलन र सेवा प्रवाह साथसाथै अभियान चलाएका छन् । वडा नं. ९ र ५ वडाका वडा अध्यक्षहरुले नागरिकलाई कर तिर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान चलाएका छन् । वडा नं. ९ मा तीन स्थानमा कर संकलन घुम्ती शिविर नै संचालन गरिएको छ । वडा कार्यालयले दिने सेवा र भुमीकर तथा घरधुरी कर सँगसँगै संकलन गरिएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार वडा कार्यालयले पाँच दिने घुम्ती शिविर वडाका तीन स्थानमा संचालन गरि वडाका ४ सय १३ परिवारका ६ सय २५ जनालाई टोलटोलमै सेवा दिइएको र राज्यलाई कर तिर्नु पर्ने दायित्व समेत बुझाइएको छ । यो अभियानबाट कार्यालयले पाँच दिनमा ७० हजार ३ सय ८५ रुपैंया राजश्व जम्मा भएको छ ।
वडा अध्यक्ष झनक कुमार कार्कीको नेतृत्वमा वडा समितिका पदाधिकारीहरु, वडा मातहतका कर्मचारीहरु, स्थानिय समाजसेवी वुद्धिजिवी र थप जनशक्ति समेतको सहयोगमा वडाका ३ स्थान साविक गाविस भवन ज्यामिरवोट, कोषभञ्ज्यांग र वडाकै विकट र दुर्गम मानिने ककनीमा उक्त घुम्ती शिविर सञ्चालन गरिएको हो ।
उक्त कार्यलाई सम्पन्न गर्न सहयोग गर्ने स्थानिय नागरिक,संलग्न जनप्रतिनिधी र कर्मचारीहरुलाई वडा अध्यक्ष कार्कीले धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा पनि नागरिकको काममा सकृय भएर लाग्न अनुरोध गर्नुभयो ।
गाँउ वस्तिमै विना झन्झट सेवा पाएकोमा सेवाग्राहीहरुले खुसी व्यक्त गर्नुका साथै वडाकार्यालयलाई धन्यवाद समेत दिएका छन् ।
त्यस्तै वडा नं. ५ मा वडा कार्यालयमै सप्ताहव्यापी कर शिविर चलाइएको वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभयो । एक हप्ता चलाइएको अभियानबाट वडा कार्यालयले ७२ हजार ४ सय ३२ रुपैंया कर संकलन भएको छ । उहाँका अनुसार घरधुरी तथा मालपोत कर तिर्न नागरिकहरु साँझसम्म लाइन बसेका थिए । नागरिकहरुलाई सचेत गराउन यस्ता अभियान प्रभावकारी हुने तामाङको भनाइ छ । राज्यका निकायले कर तिर्नु पर्छ भन्ने सचेतना नजगाएकाले नागरिकहरु कर छल्न तिर लागेको उहाँको दावी छ । ‘सानो अभियानमा कर तिर्न लाईन वस्न आउने नागरिकलाई राज्यलाई कर तिर्नु पर्छ भन्ने चेतना जगाउनु पर्छ, नागरिकले कर छल्दैनन्’ अभियान समापनपछि तामाङले भन्नुभयो ।
स्थानीय सरकार बलियो बनाउन र आयस्रोत बृद्धि गर्न यस्तो अभियान चलाइएको उहाँहरुको भनाइ छ । ३० वर्षभन्दा कम उमेर समुहका दुई जना वडा अध्यक्षहरुको यस्तो अभियानलाई सरोकारवालाहरुले खुलेर प्रसंशा गरेका छन् ।
सुनकोशी गाउँपालिकाका सबै वडामा कर उठाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम प्रतिस्पर्धात्मक रुपमा भईरहेको पालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचित भए लगत्तै सुनकोशीका जनप्रतिनिधीले पहिलो गाउँसभा बाटै २०७४ असार मसान्त सम्मको कर मिनाहा गर्ने र त्यसपछिको कर कडाईका साथ उठाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen