- भिजन समाचार

ओखलढुंगा-रेजिना सिलवाल ‘भिजन डान्सिङ्ग स्टार’ बनेकी छन् । भिजन एफएम ओखलढुंगाले आयोजना गरेको ‘भिजन डान्सिङ्ग स्टारः सिजन २’ को उपाधि सिलवालले जितेकी हुन् । गाउँ गाउँमा भएको पहिलो चरणको अडिसनमा सहभागि ८८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिलवाल प्रथम भएकि हुन् । ८८ जना सहभागि मध्ये पहिलो चरणबाट ५२ जना छनौटमा परेका थिए ।


उनिहरु बिचमा सदरमुकाममा चरणबद्ध प्रतिस्पर्धा भएको थियो । २६ गते देखि १ गते सम्म भएको प्रतिस्पर्धाबाट ‘टप टेन’ छनौट गरिएको थियो । ‘टप टेन’मा परेका हरुले भिजन एफएमको पहिलो वार्षिकोत्सवको दिन फाल्गुण २ गते आफ्नो प्रस्तुती देखाएका थिए । उक्त प्रस्तुतीका आधारमा उत्कृष्ट तीन जना छानिएका हुन् । सिद्धिचरण नगरपालिकाकी रेजिना सिलवाल प्रथम हुँदा सुनकोशी गाउँपालिकाकी उर्मीला तामाङ द्धितिय र शोनाम शेर्पा तृतिय भएका छन् ।
उत्कृष्ट ३ मध्ये प्रथम हुनेले ट्रफी, प्रमाणपत्रसहित १५ हजार,द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । सहभागीहरुमध्ये अधिकांश विद्यालय स्तरका बालकलाकारहरु थिए । डान्सिङ्ग स्टारका सहभागिहरुलाई विभिन्न कम्पनीहरुसँग समनवय गरेर म्युजिक भिडियोमा अभिनय गर्ने अवसर मिलाईदिने आयोजकलले जनाएको छ ।
पहिलो चरणको छनौट मोलुंग, सुनकोशी, मानेभञ्ज्याङ, खानीभञ्ज्याङ र सिद्धिचरण नगरपालिकामा भएको थियो । भिजनले हरेक वर्ष भिजन डान्सिङ्ग स्टार आयोजना गर्दै आएको छ । हरेक वर्ष त्यसैलाई निरञ्तरता दिने उद्धेश्यले यस वर्षपनि सिजन २ आयोजना गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । ‘आफ्नो गाउँ ठाँउमा केही गरौं भनेर लागिरहेका छौं’ अध्यक्ष न्यौपानेले भन्नुभयो ‘समाचार र सुचनाको खेती त छँदैछ,सँगै अन्य सामाजिक कामलाई पनि प्राथमिकता दिईरहेका छौं ।’ युवाको व्यत्तित्व विकास र समाज रुपान्तरणमा योगदान गर्ने भिजनको अभियानमा साथ दिन न्यौपानेले सबैलाई आग्रह गर्नुभयो ।


ग्रामिण क्षेत्र सम्म पुगेर अडिसन गरिएको भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । ‘गत वर्ष सुरुवातमा हामीले जिल्लामै एकल नृत्य प्रतियोगिता आयोजना गरेका थियौं,यो वर्षदेखि पालिका स्तर सम्म पुग्ने जमर्को गरेका छौं ।’ यसलाई हरेकवर्ष निरन्तरता दिईने उहाँको भनाइृ छ ।
यसवर्षको प्रतियोगिता स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको हो । स्थानीय सरकारसँगको समन्वयमा भिजनका अभियानहरु सञ्चालन गरिएको भिजन एफएमका स्टेशन मेनेजर रविन श्रेष्ठले बताउनुभयो । ‘समुदाय स्तरका अभियानहरु स्थानीय सरकारसँगको सहकार्यमा गर्दा थप प्रभावकारी हुने भएकाले गाउँ तथा नगरपालिकासँग समन्वय गरेर अघि बढिरहेका छौं ।’ उहाँका अनुसार भिजनले स्थानीय सरकारसँग समन्वय गरेर अन्य कार्यक्रम पनि सञ्चालन सुरु गरेको छ ।
सामुदायिक रेडियोले समुदायमा पुगेर स्थानीय युुवाहरुको कला र गलाको विकासका लागि कार्यक्रमहरु आयोजना गरेको भन्दै सरोकारवालाहरुले धन्यवाद दिएका छन् । जिल्लामा हाल सम्म कसैले सञ्चालन गर्न नसकेको यस्तो अभियान सामुदायिक रेडियोे भिजन एफएमले सञ्चालन गरेको भन्दै सांसद यज्ञराज सुनुवारले धन्यवाद दिनुभयो । यसलाई निरञ्तरता दिन उहाँले आग्रह पनि गर्नुभयो । ‘रेडियोले समाचार,सुचना बोल्छ र पत्रकारले समाचार मात्रै लेख्छन् भन्ने धेरैको बुझाईथियो’ उहाँले भन्नुभयो ‘भिजन एफएमले जिल्लामा सुरुवात देखिनै विभिन्न सामाजिक काम र विकासका अभियानलाई आफैंले नेतृत्व गरेर अघि बढाईरहेको छ,यो खुसीको विषय हो ।’ भिजनका सञ्चालकको एकता र भिजनको रफ्तारको सांसद सुनुवारले प्रशंसा गर्नुभयो ।


त्यस्तै पूर्वसांसद रामहरि खतिवडाले भिजन एफएमको सांस्कृतिक अभियानले युवा तथा विद्यार्थीहरुले आफुमा भएको अन्तरनिहित क्षमता प्रस्तुत गर्ने अवसर पाएको बताउनुभयो । ‘भिजनको यो अभियानले जिल्लाका धेरै विद्यार्थी र युवा भाई बहिनीहरुले आफुमा भएको कलालाई प्रस्तुत गर्ने र निखार्ने अवसर पाएका छन् ।’ उहाँले भन्नुभयो ‘भिजन नाम मात्रैको भिजन होईन यो वास्तवमै भिजन भएको भिजन हो भन्ने यसले देखाईसकेको छ ।’ परिवर्तनका लागि भिजनको हरेक अभियानमा सहकार्य गर्न आफुहरु तयार रहेको भन्दै योजनावद्ध रुपमा निरञ्तर अघि बढ्न आग्रह गर्नुभयो ।


वार्षिकोत्सव कार्यक्रमका सहभागी अन्य वत्ताहरुले पनि भिजनको प्रगतिकोे शुभकामना व्यक्त गरेका थिए ।
भिजन नेपाल ओखलढुंगाले भिजन एफएमको वार्षिक उत्सवको अवसरमा वर्षमा १ पटक फाल्गुणमा एकल नृत्य र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिक उत्सवका अवसरमा वर्षमा १ पटक श्रावणमा एकल गायन प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
भिजन एफएम देशका दुई दर्जन भन्दा बढि जिल्लामा प्रत्यक्ष सुन्न सकिने र जिल्लाका सबै पालिकामा प्रशारण पहुँच भएको एक मात्रै रेडियो हो । भने भिजन नेपाल साप्ताहिक जिल्लामा एक मात्र नियमीत प्रकाशनमा रहेको पत्रिका हो ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen