- भिजन समाचार

ओखलढुंगा -ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले सडक मापदण्ड निर्धारण गरेको छ । पालिका भित्रको सडकलाई स्तरीय र व्यवस्थीत बनाउन मापदण्ड निर्धारण गरिएको हो । चिशंखुगढी गाउँपालिका बाट अन्य पालिका जोड्ने सबै क्षेत्रीय सडक ११ मिटर र पालिकाका भित्रका ग्रामिण सडक ६ मिटरको बनाउने मापदण्ड बनाईएको चिशंखुगढीका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चिशंखुगढीका पुराना सडककको स्तरोन्नती गरेर मापदण्डा अनुसारको बनाईने छ भने नयाँ सडक निर्माणमा सकेत मापदण्ड कार्यान्वयनलाई अनिवार्य गरिने छ । मापदण्ड अनुसारको सडक नहुँदा ओखलढुगाका अधिकांश ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दो छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen