- भिजन समाचार

ओखलढुंगा-आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई निर्वाचित भएका छन् । विहिबार ओखलढुङ्गामा भएका फोनिजको ऐतिहासिक प्रथम जिल्ला अधिबेशनले राईलाई सर्बसम्मत रुपमा निर्वाचित गरेको हो ।
आदिवासी जनजाति पत्रकारहरुको छाता संगठनको रुपमा रहेको फोनिज ओखलढुङ्गामा पनि केही समय यता क्रियाशिल छ । करिब एकवर्ष अगाडी पनि राईकै नेतृत्वमा ओखलढुङ्गामा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला तदर्थ समिति गठन भएको थियो ।
विहिवार ओखलढुङ्गाको नेपाल पत्रकार महासंघको कार्यालयमा भएको अधिबेशनले सात सदस्यीय जिल्ला कार्य समितिको पनि चयन गरेको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा भिजन एफएमका स्टेशन मेनेजर रविन श्रेष्ठ, सचिवमा ओखलढुङ्गान्युज डटकमका बोध नारायण श्रेष्ठ, सहसचिवमा भिजन एफएमकी समाचार बाचिका पुष्पा तामाङ र कोषाध्यक्षमा भिजन एफएमका मेनेजर एसबी जेरो राई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा हाम्रो ओखलढुङ्गा अनलाईनका कूल बहादुर तामाङ र आफ्नो एफएमका मेनुका श्रेष्ठ सर्बसम्मत रुपमा निर्वाचित भएका छन् ।
विहबिार भएको जिल्ला अधिबेशनले यही २०७४ साल चैत्र २२ र २३ गते काठमाण्डौमा हुने राष्ट्रिय अधिबेशनका लागि संघिय पार्षदको रुपमा शेर्पा खबर डटकमका लाक्पा ग्याल्जे शेर्पा र सहयात्री एफएमका लिला बहादुर सुनुवारलाई चयन गरेको छ । त्यस्तै प्रदेश पार्षदमा विनुमाया राई र आङबाबु शेर्पालाई सर्बसम्मत रुपमा चयन गरेको छ ।
अधिबेशनवाट निर्वाचित भएपछि अध्यक्ष कुम्भराज राईले जिल्लामा कार्यरत सबै पत्रकार सञ्चारकर्मीहरु सग संयुक्त सहकार्यलाई अझ मजबुद पार्नुका साथै आदिवासी जनजाति पत्रकारहरुको हकहितका कार्यमा गम्भिरता पूर्वक लागि आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बताउनुभयो ।
ऐतिहासिक प्रथम जिल्ला अधिबेशन आदिवासी जनजाति महासंघ ओखलढुङ्गाका अध्यक्ष नेत्र बहादुर नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेतृत्वको चयनका लागि भने नेपाल पत्रकार महासंघ ओखलढुङ्गाका कार्यबाहक जिल्ला अध्यक्ष शिवप्रसाद ढुङ्गाना र महासंघका सदस्य तथा भिजन एफएमका कार्यकारी निर्देशक पूर्णप्रसाद न्यौपानेको टोलीले निर्वाचन सम्पन्न गराएको हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen