- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा भिजन डान्सिङ स्टार जारी छ । भिजन एफएमको पहिलो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको डान्सिङ स्टार सिजन २ जिल्लाका विभिन्न पालिका स्तरमा सञ्चालन भईरहेको छ । स्थानीय स्तरका युवाहरुको कला र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले डान्सिङ स्टार आयोजना गरिएको हो । गतवर्ष फाल्गुण २ गते भिजन एफएमको वार्षिक उत्सवका अवसरमा पहिलो पटक जिल्लामा भिजन डान्सिङ स्टार आयोजना गरिएको थियो ।
हरेक वर्ष त्यसैलाई निरञ्तरता दिने उद्धेश्यले यस वर्षपनि सिजन २ आयोजना गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । युवाको व्यत्तित्व विकास र समाज रुपान्तरणमा योगदान गर्ने भिजनको अभियानमा साथ दिन न्यौपानेले सबैलाई आग्रह गर्नुभयो । शनिवार सम्ममा मोलुङ गाउँपालिकाकोे रामपुर, मानेभञ्ज्याङ गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ र सदरमुकाम ओखलढुंगामा भिजन डान्सिङ स्टार सिजन २ को अडिसन सकिएको छ ।


आज भएको अडिसनमा सहभागि २१ जना मध्ये बाट १९ जना छनौट भएका छन् । निर्णायकको निर्णय अनुसार १७ जना र आयोजकको निर्णय अनुसार २ जना छनौट भएका हुने । आयोजकको निर्णय अनुसार छनौट हुनेहरुमा गतवर्षको प्रतियोगितामा द्धितिय र सान्त्वना हुने वविसा खड्का र समिर धमला हुन् । अडिसनबाट अर्को चरणका लागि आयुष तामाङ,सोनाम शेर्पा,मनकुमार तामाङ, विपीसा श्रेष्ठ, सुमीना राई, लाक्पा शेर्पा, उषा नेपाली, वविता राई,कृषला दयाल, टिकामाया मगर, निशा विक, रेजिना सिलबाल, ऐश्वर्या मगराती,पोषण केसी, सोनीमाया मगर,आँचल जोशी, क्रिष्टीका श्रेष्ठ र सोमीमायाँ मगर छनौट भएका छन् ।
सम्पन्न अडिसमा सहभागिहरु मध्ये उत्कृृष्टलाई दोस्रो चरणका लागि छनौट गरिएको भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । उहाँका अनुसार क्रमशः अन्य पालिकाहरुमा पनि अडिसन सञ्चालन हुनेछ । पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले सदरमुकाममा हुने दोस्रो चरणको अडिसनमा सहभागिता जनाउने छन् । सिजन २ को फाईनल अडिसन भिजन एफएमको बार्षिक उत्सवका अवसरमा फाल्गुण २ गते सदरमुकाममा हुनेछ ।

यसवर्षको प्रतियोगिता स्थानीय तहसँगको समन्वयमा सञ्चालन भईरहेको छ । स्थानीय सरकारसँगको समन्वयमा भिजनका अभियानहरु सञ्चालन गरिएको भिजन एफएमका स्टेशन मेनेजर रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भिजनले स्थानीय सरकारसँग समन्वय गरेर अन्य कार्यक्रम पनि सञ्चालन सुरु गरेको छ । सामुदायिक रेडियोले समुदायमा पुगेर स्थानीय युुवाहरुको कला र गलाको विकासका लागि कार्यक्रमहरु आयोजना गरेपछि स्थानीय दंग परेका छन् । जिल्लामा हाल सम्म कसैले सञ्चालन गर्न नसकेको यस्तो अभियान सामुदायिक रेडियोे भिजन एफएमले सञ्चालन गरेको भन्दै नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष शिव ढुंगानाले भिजन एफएमलाई धन्यवाद दिनुभयो । यसलाई निरञ्तरता दिन उहाँले आग्रह पनि गर्नुभयो ।
सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले भिजन एफएमको अभियान स्वागतयोग्य रहेको बताउनुभयो । भिजन एफएमले जिल्लामा सुरुवात देखिनै विभिन्न सामाजिक काम र विकासका अभियानलाई आफैंले नेतृत्व गरेर अघि बढाईरहेको र आफुहरु यस्ता अभियानहरुमा सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भिजन एफएमको सांस्कृतिक अभियानले युवा तथा विद्यार्थीहरुले आफुमा भएको अन्तरनिहित क्षमता प्रस्तुत गर्ने अवसर पाएको बताउनुभयो । भिजन डान्सिङ स्टारमा विद्यालय तहका विद्यार्थीहरुको बढि आकर्षण देखिएको छ ।
भिजन नेपाल ओखलढुंगाले भिजन एफएमको वार्षिक उत्सवको अवसरमा वर्षमा १ पटक फाल्गुणमा एकल नृत्य र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिक उत्सवका अवसरमा वर्षमा १ पटक श्रावणमा एकल गायन प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
भिजन एफएम देशका दुई दर्जन भन्दा बढि जिल्लामा प्रत्यक्ष सुन्न सकिने र जिल्लाका सबै पालिकामा प्रशारण पहुँच भएको एक मात्रै रेडियो हो । भने भिजन नेपाल साप्ताहिक जिल्लामा एक मात्र नियमीत प्रकाशनमा रहेको पत्रिका हो ।

 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen