- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा आफ्नै साथीलाई गरेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्लाको मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार स्थानीय एक विवाह भोजमा सामान्य आपसी झगडाबाट सुरु भएको झडपमा मगरको ज्यान गएको थियो । उक्त घटनाका आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका बहादुर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार नै पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । मदिरा सेवन गरेको समयमा भएको झडपमा चिर्पट दाउरो प्रहार गरेर मगरको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा वर्ष २३ का साङ्गे शेर्पा, वर्ष २२ का जिग्मे शेर्पा, वर्ष २२ कै पासाङ शेर्पा र वर्ष २६ का छोङतेण्डी शेर्पा छन् । उनीहरु चारैजना मोलुङ्ग गाँउपालिका ७ साविकको पात्ले गाविस वडा नं. २ का हुन् । अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेपनि सार्वजनिक भने गरेको छैन ।
पक्राउ परेका पाचैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए । सार्वजनिक गरिएका चारै जना माथि किटानी जाहेरी परेको निरिक्षक कार्कीले बताए । अर्का एक युवाको बारेमा कुनै जाहेरी नपरेकोले अनुसन्धानका लागि मात्रै नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
गत आईतबार मोलुङ गाँउपालिका वडा नं. ७ मा भएको विवाहमा मदिरा सेवन गरेका युवाहरु बिच झडप भएको थियो । झडपमा परि मोलुङ गाँउपालिका वडा नं. ७ का बर्ष २२ वर्षका कुमार मगरको उपचारका लागि सामुदायीक अस्पताल ओखलढुंगामा ल्याइदै गर्दा बाटैमा मृत्यु भएको थियो । झडपमा अन्य ५ जना गम्भिर घाईते भएका थिए । घाईतेहरु सबैको अहिले पनि सामुदायीक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen