- पुष्पा तामाङ

ओखलढुंगा- ओखलढुंगामा भिजन डान्सिङ स्टार जारी छ । भिजन एफएमको पहिलो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको डान्सिङ स्टार सिजन २ जिल्लाका विभिन्न पालिका स्तरमा सञ्चालन भईरहेको छ । स्थानीय स्तरका युवाहरुको कला र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले डान्सिङ स्टार आयोजना गरिएको हो ।


गतवर्ष फाल्गुण २ गते भिजन एफएमको वार्षिक उत्सवका अवसरमा पहिलो पटक जिल्लामा भिजन डान्सिङ स्टार आयोजना गरिएको थियो । हरेक वर्ष त्यसैलाई निरञ्तरता दिने उद्धेश्यले यस वर्षपनि सिजन २ आयोजना गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । ‘आफ्नो गाउँ ठाँउमा केही गरौं भनेर लागिरहेका छौं’ अध्यक्ष न्यौपानेले भन्नुभयो ‘समाचार र सुचनाको खेती त छँदैछ,सँगै अन्य सामाजिक कामलाई पनि प्राथमिकता दिईरहेका छौं ।’ युवाको व्यत्तित्व विकास र समाज रुपान्तरणमा योगदान गर्ने भिजनको अभियानमा साथ दिन न्यौपानेले सबैलाई आग्रह गर्नुभयो ।
विहिबार सम्ममा मोलुङ गाउँपालिकाकोे रामपुर र मानेभञ्ज्याङ गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा भिजन डान्सिङ स्टार सिजन २ को अडिसन सकिएको छ । सम्पन्न अडिसमा सहभागिहरु मध्ये उत्कृृष्टलाई दोस्रो चरणका लागि छनौट गरिएको भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । ‘गत वर्ष सुरुवातमा हामीले जिल्लामै एकल नृत्य प्रतियोगिता आयोजना गरेका थियौं,यो वर्षदेखि पालिका स्तर सम्म पुग्ने जमर्को गरेका छौं ।’ उहाँका अनुसार क्रमशः अन्य पालिकाहरुमा पनि अडिसन सञ्चालन हुनेछ । पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले सदरमुकाममा हुने दोस्रो चरणको अडिसनमा सहभागिता जनाउने छन् । सिजन २ को फाईनल अडिसन भिजन एफएमको बार्षिक उत्सवका अवसरमा फाल्गुण २ गते सदरमुकाममा हुनेछ ।

यसवर्षको प्रतियोगिता स्थानीय तहसँगको समन्वयमा सञ्चालन भईरहेको छ । स्थानीय सरकारसँगको समन्वयमा भिजनका अभियानहरु सञ्चालन गरिएको भिजन एफएमका स्टेशन मेनेजर रविन श्रेष्ठले बताउनुभयो । ‘समुदाय स्तरका अभियानहरु स्थानीय सरकारसँगको सहकार्यमा गर्दा थप प्रभावकारी हुने भएकाले गाउँ तथा नगरपालिकासँग समन्वय गरेर अघि बढिरहेका छौं ।’ उहाँका अनुसार भिजनले स्थानीय सरकारसँग समन्वय गरेर अन्य कार्यक्रम पनि सञ्चालन सुरु गरेको छ ।
सामुदायिक रेडियोले समुदायमा पुगेर स्थानीय युुवाहरुको कला र गलाको विकासका लागि कार्यक्रमहरु आयोजना गरेपछि स्थानीय दंग परेका छन् । जिल्लामा हाल सम्म कसैले सञ्चालन गर्न नसकेको यस्तो अभियान सामुदायिक रेडियोे भिजन एफएमले सञ्चालन गरेको भन्दै मोलुङ गाउँपालिका स्थित शिवदुती माविका प्रअ शिवप्रसाद नेपालले रेडियोलाई धन्यवाद दिनुभयो । यसलाई निरञ्तरता दिन उहाँले आग्रह पनि गर्नुभयो । वरुणेश्वर माविका शिक्षक सुरेन्द्र खड्काले भिजनको यो अभियानले विद्यार्थीलाई समेत औपचारीक शिक्षाको चौघेरा भन्दा बाहिरको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताउनुभयो । मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले भिजन एफएमको अभियान स्वागतयोग्य रहेको बताउनुभयो । ‘रेडियोले समाचार,सुचना बोल्छ र पत्रकारले समाचार मात्रै लेख्छन् भन्ने धेरैको बुझाईथियो’ राईले भन्नुभयो‘भिजन एफएमले जिल्लामा सुरुवात देखिनै विभिन्न सामाजिक काम र विकासका अभियानलाई आफैंले नेतृत्व गरेर अघि बढाईरहेको छ,यो खुसीको विषय हो ।’ आफुहरु यस्ता अभियानहरुमा आफुहरु सहकार्य गर्न तयार रहेको राईको भनाई थियो ।
मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राईले भिजन एफएमको सांस्कृतिक अभियानले युवा तथा विद्यार्थीहरुले आफुमा भएको अन्तरनिहित क्षमता प्रस्तुत गर्ने अवसर पाएको बताउनुभयो । ‘भिजनको यो अभियानले जिल्लाका धेरै विद्यार्थी र युवा भाई बहिनीहरुले आफुमा भएको कलालाई प्रस्तुत गर्ने र निखार्ने अवसर पाएका छन् ।’ उपाध्यक्ष राईले भन्नुभयो ‘भिजन नाम मात्रैको भिजन होईन यो वास्तवमै भिजन भएको भिजन हो भन्ने यसले देखाईसकेको छ ।’ परिवर्तनका लागि भिजनको हरेक अभियानमा सहकार्य गर्न आफुहरु तयार रहेको भन्दै योजनावद्ध रुपमा निरञ्तर अघि बढ्न आग्रह गर्नुभयो । 
भिजन डान्सिङ स्टारमा विद्यालय तहका विद्यार्थीहरुको बढि आकर्षण देखिएको छ । भिजनले विद्यालय तहका युवाहरुको प्रतिभाको थप विकासका लागि टेवा पु¥याएको विद्यार्थी नेता अशेष श्रेष्ठले बताउनुभयो । ‘भिजनले सुरु गरेको अभियानले युवा र विद्यार्थीको मन जितेको छ र उनिहरुको वृद्धि,विकासमा पनि सहयोग पुगेको छ ।’ अनेरास्वीयुका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले भन्नुभयो ‘सबैले आवश्यकता महसुस् गरेको तर कसैले सुरु नगरेको काम भिजनले गरेको छ,यसलाई निरञ्तरता दिनु आवश्यक छ ।’ नृत्य,गायन सँगै उद्घोषण र खेलकुदका कार्यक्रम पनि स्थानीय सरकारसँग समन्वय गरेर सञ्चालन गर्न श्रेष्ठले भिजनलाई आग्रह गर्नुभयो ।
भिजन नेपाल ओखलढुंगाले भिजन एफएमको वार्षिक उत्सवको अवसरमा वर्षमा १ पटक फाल्गुणमा एकल नृत्य र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिक उत्सवका अवसरमा वर्षमा १ पटक श्रावणमा एकल गायन प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
भिजन एफएम देशका दुई दर्जन भन्दा बढि जिल्लामा प्रत्यक्ष सुन्न सकिने र जिल्लाका सबै पालिकामा प्रशारण पहुँच भएको एक मात्रै रेडियो हो । भने भिजन नेपाल साप्ताहिक जिल्लामा एक मात्र नियमीत प्रकाशनमा रहेको पत्रिका हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen