- सिर्जना बर्देवा

ओखलढुंगा- भिजन नेपाल ओखलढुंगाले जिल्लाका सञ्चार माध्यमहरु लाई सहयोग गर्न सांसदहरुसँग माग गरेको छ ।
भिजन एफएमको कार्यलयमा सांसदको सम्मान तथा शुभकामना र बधाई दिन आयोजित कार्यक्रमका बिच भिजनले सञ्चार क्षेत्रको विकासलाई पनि प्राथमिकता दिन माग गरेको हो । भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने र उपाध्यक्ष रविन श्रेष्ठले हस्ताक्षर गरेको शुभकामना तथा माग पत्रमा राजनीतिक क्रान्तिपछि भएको ऐतिहासिक निर्वाचनले मुलुकको समृद्धिको ढोका खोल्ने र नेपाली व्यवसायिक र श्रमजीवी पत्रकारहरुसँग जोडिएका तमाम समस्याहरु पनि सम्बोधन हुने विश्वास व्यक्त गरिएको छ ।
अब बन्ने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पत्रकारको पेशागत हकहित र सुरक्षासँग जोडिएका मुद्दाहरु यथोचित ढंगले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै भिजनका अध्यक्ष न्यौपानेले ओखलढुंगाबाट निर्वाचित सांसदहरु समक्ष जिल्लाका सञ्चारमाध्यमको व्यवस्थापन र पत्रकारिताको विकासका लागि आवश्यक सहयोग गर्न माग गर्नुभयो । पत्रकार महासंघको निर्माणाधिन भवनको काम अघि बढाउन र सञ्चारमाध्यमहरुको व्यवस्थापन सँगै पत्रकारहरुको क्षमता विकासमा समेत नितिगत तथा व्यक्तिगत रुपमा सहयोग गर्न न्यौपानेले आग्रह गर्नुभयो ।
भिजनका उपाध्यक्ष रविन श्रेष्ठले भिजन एफएम र भिजन नेपाल साप्ताहिक सहितका जिल्लाका अन्य रेडियो र पत्रिका अनकौं समस्यामा पनि सञ्चालनमा रहेको भन्दै सांसदहरुको ध्यानाकर्षण गराउनुभयो । नेपाल सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापन र वर्गीकरणमा समेत जिल्लाका सञ्चारमाध्यमले प्राथमिकता नपाउने समस्या रहेकाले न्यायोचित विज्ञापन प्रणालीका लागि नितीगत व्यवस्था गर्न श्रेष्ठले माग गर्नुभयो
यसैबिच ओखलढुंगाका सांसदहरुले समाज रुपान्तरणमा सञ्चारको भूमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार क्षेत्रको विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले गाउँ र केन्द्र जोड्ने र सबैमाझ एक पटक सुचना पु¥याउन सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । व्यक्तिगत रुपमा आफुले सक्दो सहयोग गर्ने सञ्चारका क्षेत्रमा नितीगत व्यवस्थाका लागि आफु लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेश सांसद अम्बिरबाबु गुरुङले नागरिकको सबैभन्दा बढि विश्वास गर्ने माध्यम सञ्चारमाध्यम भएका भन्दै सक्दो सहयोग गर्ने बचन दिनुभयो । ओखलढुंगा जिल्लाको पत्रकारिताको विकास प्रदेश नम्बर १ कै सबैभन्दा उत्कृष्ठ बनाउने गरी योजना बनाएर अघि बढ्न नेपाल पत्रकार महासंघलाई सांसद गुरुङले आग्रह गर्नुभयो । योजना अनुसार नै अघि बढ्ने उहाँको भनाई छ ।
अर्का सांसद मोहन खड्काले ओखलढुंगा कला साहित्य र पत्रकारिताको उर्बरभूमि भएकाले यसको विकासका लागि आफुहरु लागि पर्ने बताउनुभयो । भिजन सहितका सञ्चारमाध्यमले जिल्लाको विकास र रुपात्नरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै सांसद खड्काले निश्पक्ष पत्रकारितामा लाग्ने पत्रकार र सत्यका पक्षमा वकालत गर्ने सञ्चारमाध्यमलाई सबैले विश्वास गर्ने र आफुले पनि सहयोग गर्ने बताउनुभयो ।
भिजनको माग र सांसदहरुको प्रतिवद्धता पछि नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कार्यबहाक अध्यक्ष शिवप्रसाद ढुंगानाले सांसदलाई जिम्मेवार बनाउने भिजनको अभियान र सांसदहरुले व्यक्त गरेका बाचा स्वागत योग्य रहेको बताउनुभयो । सदरमुकाममा निर्माणाधिन महासंघको भवनका लगि सहयोग गर्न र पत्रकारिताको विकासका लागि नितीगत व्यवस्थाका लागि आवाज उठाउन सांसदहरुलाई ढुंगानाले थप आग्रह गर्नुभयो ।
जिल्लामा भिजन एफएम सहित ५ वटा रेडियो, भिजन साप्ताहिक पत्रिका र सहित ३ वटा अनलाईन सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen