- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको खिजीफलाटेमा वर्षा,तापक्रम तथा सित मापक यन्त्र जडान गरिएको छ । युएसएआईडि (अमेरिकी जनता) को आर्थिक सहयोग, फोर्ड नेपाल सबल कार्यक्रमको व्यवस्थापनमा एक कार्यक्रमका बिच फलाटे स्थित फुलमती मावि परिषरमा उक्त यन्त्र जडान गरिएको हो । बाढी पहिरो,जलवायु परिवर्तन लगायतका कारण उत्पन्न हुने विपद्को जोखिमलाई न्यूनिकरण गर्ने उद्धेश्यले यन्त्र जडान गरिएको सबल कार्यक्रमका वरिष्ठ जिल्ला संयोजक ईन्द्रबहादुर तामाङले बताउनुभयो । ‘हामीले विपत् रोक्न सक्दैनौं तर त्यसलाई कम गर्न सक्छौं,त्यसबाट हुने जनधनको क्षतीलाई रोक्न सक्छौं’ तामाङले भन्नुभयो ‘सर्वसाधारणलाई अग्रिम जानकारी दिने यन्त्रहरु ठाउँ ठाउँमा उपलब्ध गराएका छौं यसको प्रभावकारीता बुझेर सहि सदुपयोग गर्नु आवश्यक छ’ सबलले जिल्लाका विभिन्न स्थानमा विपद् पूर्वतयारी र सतर्कताका संकेत दिने यन्त्र जडान तथा वितरण गरिसकेको छ ।

स्वास्थ्य, सरसफाई, जिवीकोपार्जन लगायतमा काम गर्दै आएको सबलले ओखलढुंगाका विभिन्न साविकका गाविसहरुमा विपद्का क्षेत्रमा पनि काम गरिरहेको छ । ‘विपद्का हिसाबले अति जोखिममा रहेका स्थान पहिचान गरेर हामीले काम गरिरहेका छौं’सबल कार्यक्रमका विपद् जोखिम न्यूनिकरण तथा जलवायु अनुकुलन अधिकृत गोमती जोशीले भन्नुभयो‘सबलले खिजीफलाटेमा जस्तै अन्य स्थानमा पनि वर्षा,जलवायु र सित मापन यन्त्र जडान गर्ने र साईरन लगाएतका सामानहरु उपलब्ध गराउने काम गरिरहेको छ, विपद्बाट हुने क्षति रोक्ने हाम्रो उद्धेश्य हो ।’ सबलले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय निकायलाई विपद् पूर्वतयारी, सतर्कता र राहत तथा उद्दारका सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।
यसैबिच सामुदायिक रेडियो मार्फत सन्देश प्रवाह कार्यक्रम समेत गरिएको छ । विपद् जोखिम न्युनिकरणमा स्थानीय समुदाय तथा समितिको भूमिका विषयक अन्तरक्रिया खिजीदेम्बामा गरिएको हो ।
युएसएआईडि (अमेरिकी जनता) को आर्थिक सहयोग, फोर्ड नेपाल सबल कार्यक्रमको व्यवस्थापन,खिजीदेम्बा गाउँपालिकाको समन्वय तथा भिजन एफएमको सहजिकरणमा स्थानीय र सरोकारवालाको उल्लेख्य उपस्थितका बिच कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाको अध्यक्षता तथा सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय स्तरका विपद् सम्बन्धि समस्याहरु उठान गरेका थिए ।
उठेका सवालहरुको जवाफ र पालिका भित्रको समग्र अवस्थाबारे जानकारी दिँदै खिजीदेम्बा ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले पालिकाले विपद् जोखिम न्यूनिकरणमा बजेट विनियोजन गरेर सबै वडा समेट्नेगरि योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो । खिजीदेम्बा गाउँपालिकाले चालु आर्थिक वर्षमा विपद्का क्षेत्रमा १० लाख बजेट विनियोजन गरेको छ ।
स्थानीय सरोकारवालाहरुलाई थप जिम्मेवार बनाउन र आवश्यकता अनुसार सहयोग गर्ने उद्धेश्यले यस्ता कार्यक्रमहरु सञ्चालन गरिएको सबल कार्यक्रमको साझेदार संस्था फोर्ड नेपालका कार्यकारी निर्देशक हितराज कार्कीले बताउनुभयो । फोर्ड नेपालले आगामी दिनमा पनि परियोजना मार्फत हुने कामलाई स्थानीय तह सँगको समन्वयमा सञ्चालन गर्ने बताउनुभयो ।
वर्षा, तापक्रम र सित मापन यन्त्र जडान पछि आयोजित अन्तरक्रियामा बोल्दै गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले सहयोग र सहकार्यका लागि धन्यवाद दिनुभयो ।‘सहयोग गर्ने अमेरिकी जनता,समन्वय गर्ने फोर्ड नेपाल सबल कार्यक्रम र सहजिकरण गर्ने भिजन एफएम प्रति हामी

आभारी छौं,निरञ्तर सहयोग र सहकार्यका लागि स्वागत पनि छ ।’ रोकाले भन्नुभयो ‘प्राप्त सामाग्रीको सदुपयोग र व्यवस्थापनमा हामी प्रतिवद्ध छौं ।’ अध्यक्ष रोकाले खिजीदेम्बा जिल्लाको अति पछि परेको पालिका भएकाले आगामी दिनमा पनि पालिकासँगको सहकार्यमा निरन्तर यस्ता कार्यक्रमहरु ल्याउन रेडियो कार्यक्रम मार्फत सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छा कुमारी गुरुङले विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा नितिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार मार्फत निती निर्माण तहमा आफुहरुले गतिलो नितिगत व्यवस्थाका लागि सुझाव दिने बताउनुभयो ।
खिजीफलाटेमा उत्पादन गरिएको रेडियो कार्यक्रमको भिजन एफएमका कार्यकारी निर्देशक पत्रकार पूर्णप्रसाद न्यौपानेले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रम भिजन एफएम ९०.५ मेघाहर्ज मार्फत प्रशारण भएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen