- पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा- नेपाली काँग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिट जितेर वाम गठबन्धनले क्लीन स्वीप गरेको छ । संघीय प्रतिनिधी सभामा गठबन्धनका उम्मेदवार एमालेका केन्द्रिय सदस्य विजयी हुनुभयो । उहाँले काँग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्नुभयो । एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।

त्यस्तै ओखलढुंगाको प्रदेश क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी भए । वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरि विजयी भएका हुन् । गुरुङले प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पार्नुभएको छ । संघीय समाजवादी फोरमका नरेश नेम्वाङ २ सय ९९ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ ।
प्रदेश सभा ख मा गठबन्धनमा माओवादी केन्द्रका मोहन खड्का विजयी हुनुभयो । उहाँले काँग्रेसका प्रदिप सुनुवारलाई १५ हजार ४ सय ४५ मत ल्याएर पछि पार्नुभयो । उहाँले काँग्रेसका सुुनुवारभन्दा १ हजार ७ सय ७४ मत बढी पाएका छन् । यस सँगै वाम गठबन्धनले ओखलढुंगामा क्लीव स्वीप गरेको हो ।
यस क्षेत्रमा काँग्रेसका विद्रोही उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याएका छन् । काँग्रेसको टिकट वितरणमा असहमति जनाउँदै विद्रोह गरेर उम्मेदवार बनेका रुम्दालीको उम्मेदवारीले खड्कालाई सहज भएको हो ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen