- भिजन समाचार

ओखलढुंगा- हिन्दु नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । काम विशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । युवाहरु गाउँ फर्किए पछि सुनसान बनेका गाउँहरुमा चहल पहल बढेको छ, भने दशैंका लागि मिठो,मसिनो जोरजम्मा गर्नेक्रम चलिरहेको छ । शुभकामना आदान प्रदान लगाएतका कार्यक्रमहरु चलिरहेका छन् ।

यतिबेला रेडियो र टेलिभिजनमा बजेका दशैं गितले गाउँहरु संगित मय भएका छन् । यात्राका क्रममा सवारीमा पनि यो बेला दशैं गित नै सुन्न पाईन्छ ।

यहि दशैं विशेष गित संगितको दुनीयामा अर्को एउटा दशैं गित र त्यसको भिडियो सार्वजनिक भएको छ । घर फर्कीएर परिवारसँगै दशैं मनाउन नपाएको वेदनालाई समेटिएको आउन पाइन प्यारी यो दशैंमा बोलको गित र भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

यामराज कवर र गंगाराम ओलीको शब्द र यामराज कवरको लयमा रहेको उक्त गितमा गायीका चन्द्रकला कवर र गायक गंगाराम ओलीले स्वर दिएका छन् । शबनम फिल्म एण्ड कलाकेन्द्रले दृष्य निर्माण गरेको आउन पाइन प्यारी यो दशैंमा बोलको गितको भिडियोमा सिर्जना बर्देवा र सुवास तामाङ्गले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन सरोज रोशन भट्टराईले छायांकन अजय रेग्मीले र सम्पादन अधिनायक मान शेरचनले गरेका छन् । भिडियोको बाग्लुङ्ग कालीका म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न https://www.youtube.com/watch?v=-QxtMP9Qsbs यो लिङ्कमा क्लिक गर्नुहोस्

यो गितको भिडियोमा अभिनय गर्ने सिर्जना बर्देवा ओखलढुंगाकि सकृय पत्रकार हुन् । उनि भिजन एफएममा आवद्ध छिन् । उनले अहिले सम्म १२ वटा गितमा स्वर दिईसकेकी छन् भने दुई वटा म्युजिक भिडियोमा अभिनय गरेकिछन् । कला र गलाकी धनि खोटाङकी बर्देबा कलाकारिता र पत्रकारिता दुवै पेशालाई सँगसँगै अघि बढाउने बताउँछिन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen