- भिजन समाचार

ओखलढुंगा- प्रहरी नायव उपरीक्षक मिलन केसीलाई ओखलढुंगाबाट भव्य विदाई गरिएको छ । एक वर्ष अघि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनु भएका केसीको सरुवा भएसँगै जिल्लाबाट विदाई गरिएको हो । कर्मचारी मिलन केन्द्र सहितका निकायले प्रहरी नायव उपरीक्षक केसीलाई भव्य विदाई गरेका छन् ।
यसैबिच ओखलढुंगामा केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई समेत सुचना र सुरक्षा दिएर गरेको योगदानको उच्च कदर गर्दै भिजन नेपाल ओखलढुंगाले पनि विदाई गरेको छ । भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने,उपाध्यक्ष रविन श्रेष्ठ र सचिव एसबी जेरोले मायाको चिनो प्रदान गर्दै संयुक्त रुपमा विदाई गर्नुभएको हो ।

विदाई पछि भिजन एफएमसँग कुरा गर्दै केसीले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । ‘ओखलढुंगा बसाई असाध्यै राम्रो भएको मैले महसुस गरेको छु’उहाँले भन्नुभयो ‘यहाँ कर्मचारी साथीहरु, दल,पत्रकार,नागरिकसमाज,सर्वसाधारण सबैको सहयोग रह्यो, तपाईको लोकप्रीय रेडियो भिजन एफएम मार्फत म सबैलाई धन्यवाद दिन चाहान्छु ।’

केसी प्रहरी प्रधान कार्यलय पाठ्य सामाग्री शाखा काठमाण्डौमा सरुवा हुनु भएको हो । प्रहरी प्रमुखको भूमिकामा रहँदा केसीले एक वर्षको आफ्नो कार्यकालमा ओखलढुंगामा पदिय जिम्मेवारी सँगै केही नयाँ र प्रशंसा योग्य काम समेत गर्नुभएको छ । स्थानीय तहको निर्वाचन सुरक्षा र शान्तिपूर्ण वातावरण सिर्जनागरी जिल्लाबासीलाई सुरक्षाको पूर्णप्रत्याभुत गराउन केसीको भुमिका महत्वपूर्ण मानिएको छ ।

ओखलढुंगा प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालय जनसम्र्पक शाखाबाट अर्जुन प्रसाद तिमिल्सीना आउनु हुने भएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen