- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कमल न्यौपाने विजयी हुनुभएको छ । खिजीदेम्बा गाउँपालिका ४ को वडा अध्यक्षमा न्यौपाने विजयी हुनुभएको हो । कांग्रेसका उमेद्वार खेम सुनुवारलाई २१ मतले पछि पार्दै एमालेका उमेद्वार न्यौपाने विजयी हुनुभएको छ ।

न्यौपानेले २ सय ८६ मत ल्याउनुभयो भने कांग्रेसका उमेद्वार सुनुवारले २ सय ६५ मत ल्याउनुभयो । वडा अध्यक्षका अर्का उमेद्वार माओवादी केन्द्रका भिम बहादुर तामाङले १ सय ३७ र राप्रपाका गोविन्द सुनुवारले ६ मत ल्याउनुभयो । कांग्रेस नेता रेवत सुनुवारले स्वतन्त्र उमेद्वारी दर्ता गरेका थिए उनले १ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्ष सहित एमालेले अन्य दुई सदस्य जितेको छ । एमालेबाट खुल्ला सदस्यमा पूर्णबहादुर तामाङ र दलीत महिला सदस्यमा हेमकुमारी विश्वकर्मा विजयी हुनुभएको छ । कांग्रेसका २ सदस्य निर्वाचित भएका छन् । कांग्रेसबाट महिला सदस्य कविता सुनुवार र खुल्ला सदस्यमा अमरबहादुर तामाङ विजयी हुनुभएको छ । वडामा आवश्यक ५ पदका लागि वडा अध्यक्षमा ५ सहित १९ जनाले उमेद्वारी दिएका थिए ।

प्रतिस्पर्धा कडा 

वडा अध्यक्षका उमेद्वार न्यौपाने र सुनुवार बिच कडा प्रतिस्पर्धा देखियो । मत गणनाका क्रममा पटक पटक दुबै उमेद्वारको मत बराबर आएको थियो । मतगणनामा बसेका कर्मचारी र प्रतिनिधीले निकै कडा प्रतिस्पर्धा भएको र मतगणना रोमाञ्चक भएको प्रतिक्रिया दिएका छन् । ७ सय ८२ मत गणना गर्दा न्यौपाने र सुनुवारको मत ५० भन्दा बढि पटक बराबरी भएको थियो ।

कांग्रेसको किल्ला एमालेले भत्कायो 

खिजीदेम्बा गाउँपालिका ४ साविकको खिजीकाती कांग्रेसबाट फुत्कीएको यो पहिलो पटक हो । यस अघिका सबै स्थानीय निर्वाचनमा कांग्रेस विजयी भएको थियो । २०४९ सालमा कांग्रेस नेता रेवत सुनुवार निर्वीरोध गाविस अध्यक्ष निर्वाचित भएका थिए । पछि ०५४ को निर्वाचनमा रेवत सुनुवार नै दोस्रो पटक गाविस अध्यक्ष बनेका थिए । उनले त्यसबेला एमालेका मिनबहादुुर सुनुवारलाई पराजीत गरेका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen