- पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा- ओखलढुंगाको रानीवनका मानबहादुर वोगटीलाई फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीले सहयोग गर्नुभएको छ । समाजसेवी कार्कीले शारीरिक अपाङ्गता भएका वोगटीलाई चामल,दाल,नुन,तेल,कपि कलम लगाएत सहयोग गर्नुभएको हो ।
६४ वर्षिय वोगटीले १८ महिनाको उमेरमा दुवै आँखा गुमाएका थिए । बाल्यकालमै आँखा गुमाएका वोगटीका एक श्रीमती,३ छोरा र १ छोरी छन् ।
आर्थिक अवस्था समेत नाजुक रहेका वोगटी छोरालाई सहारा बनाएर अन्नपात र पैसा माग्दै हिँड्ने गरेका छन् । वोगटीको अवस्था देखेर केही सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो । सहयोग हस्तान्तरण गर्दै कार्कीले अहिले गरेको सहयोग व्यक्तिगत सहयोग रहेको बताउँदै आगामी दिनमा संस्थागत सहयोगका लागि पहल गर्ने बताउनुभयो । उहाँले बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै वोगटीका छोराछोरी पढाउन आफुले निरञ्तर सहयोग गर्न सक्ने समेत बताउनुभयो ।
यसैबिच एलायन्स नेपालका जिल्ला संयोजक निराज निरौलाले वोगटीलाई एक हजार नगद सहयोग गर्नुभएको छ । वोगटीलाई औषधी उपचार खर्च स्वरुप सहयोग गरेको निरौलाले बताउनुभयो । उनको सहयोगका लागि आफुले सक्दो पहल गर्ने निरौलाले बताउनुभयो । निरौलाले यस अघि पनि असाहय हरुलाई सहयोग गर्दै आएका थिए । सहयोग पाएपछि वोगटी र उनका परिवार हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen