- पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको हो ।

आवश्यक पूर्वाधार निर्माण लगाएतका काम तिव्ररुपमा भईरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । ‘देम्बा डाँडमा विद्युत र खानेपानीको पहुँच पु¥याउने काम अन्तीम चरणमा पुगेको छ’शेर्पाले भन्नुभयो ‘हामी स्टेज निर्माण र अतिथीको बसाई व्यवस्थापनको तयारी पनि भईरहेकै छ ।’ अबको केहि दिन भित्रैमा सम्पुर्ण तयारी पुरा हुने उहाँको भनाई छ ।
पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । तीन दिन सम्म सञ्चालन हुने महोत्सव विषेश कार्यक्रमको राष्ट्रपतिले उद्घाटन गर्ने र कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा सांसद र विशिष्ट व्यक्तिहरुको उपस्थिती रहने कार्यक्रम तय भएको हो । स्थानीय निर्वाचनका कारण महोत्सव प्रभावित हुन सक्ने केहि आवाज उठेको भएपनि पूवनिर्धारीत कार्यक्रम भएकाले प्रभावित नहुने सांसद यज्ञराज सुनुवारले बताउनुभयो । महोत्सवलाई पृथकरुप दिन र उपलब्धी मुलक बनाउने सबै क्षेत्रले भुमिका खेल्ने सांसद सुनुवारले विश्वास व्यक्त गर्नुभयो । महोत्सवलाई भव्य बनाउन प्रचारप्रसार लगाएतका कामहरु तिव्र पारिएको छ ।

फोटो क्याप्सनः ओखलढुंगाको सबैभन्दा अग्लो स्थानको रुपमा परिचित थोलेदेम्बा डाँडा र त्यहाँबाट देखिने हिमश्रंखलाहरु ।

थोलेदेम्बा,काठमाडौंबाट करिब २१५ किलो मिटर पूर्वोत्तरमा अवस्थित,ओखलढुंगाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सहत देखि ३१५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा,नेपालका उस्ता उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्ये १ हो । नेपालको नक्सा लिँदा प्रयोग गरिएका ७ वटा डाँडाहरु मध्ये प्रयोग भएको १ हो थोलेदेम्बा । थोलेदेम्बाबाट आकर्षक दृष्यहरु प्रष्ट देख्न सकिन्छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम,विभिन्न खेलकुद कार्यक्रम,अन्य रोमाञ्चक कार्यक्रम तथा साँझ डि.जे.सेसन,झाँकी लगाएतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । प्रथम थोलेदेम्बा पर्यटन महोत्सवको मिडिया पार्टनरमा भिजन एफएम ९०.५ मेगाहर्ज रहेनेछ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen