- सरस्वती बानीया

ओखलढुंगा  ओखलढुंगामा रेडक्रसले क्वारेन्टाईन र आईसोलेसन केन्द्रमा रहेकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । ५८ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा जिल्ला शखाले जिल्लाको क्वारेन्टाईन र आईसोलेसन केन्द्रमा रहेकाहरुलाई स्वास्थ्य सामाग्री भएको हाईजेनिक किट वितरण गरेको छ ।
शुक्रबार जिल्ला सदरमुकाम स्थित ओखलढुंगा क्याम्पसको क्वारेन्टाईनमा रहेका ६ जना र जिल्ला अस्पताल रुम्जाटारको आईसोलेसनमा रहेका कोभिड संक्रमित ५ जनालाई स्वास्थ्य सामाग्री भएको हाईजेनिक किट वितरण गरिएको हो । क्वारेन्टाईन र आईशोलेसन केन्द्रमा रहेकाहरुको आत्माबल बढाउन फलफूल समेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाका सभापति सुमन राजभण्डारीले जानकारी दिए । जिल्लामा कोभिड तथा बन्दाबन्दीको समयमा अग्रपंतिमा रही सेवा गर्ने सम्पूर्ण स्वयंसेवक तथा कर्मचारीहरुलाई लक्षित गरी सम्मानपूर्वक ‘ताली बजाउनुहोस ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरिएको थियो ।
शनिवार पनि रेडक्रसले कोरोनाको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले तपाईको माक्स खै भन्ने अभियान सञ्चालन गरेको छ । कोभिड १९ बाट बच्नका लागि सचेतना जगाउने प्लेकार्ड सहित व्यानर बोकेर बजार परिक्रमा गरिएको सभापति राजभण्डारीले जानकारी दिए ।
बजार क्षेत्रमा मास्क नलगाई आएका नागरिकहरुलाई निशुल्क मास्क वितरण गरिएको थियो ।

रेडक्रस शाखाले जिल्लामा क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने सामाग्री वितरण गर्नुका साथै कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen