- एसबी जेराे

ओखलढुंगा–मानेभञ्ज्याङ्ग गाउँपालिकामा केन्द्रिय विधुत विस्तारको काम तिब्र रुपमा भईरहेको छ । गाउँपालिकाको नौ वटै वडाहरुमा विधुत् लाईन विस्तार गरि यो वर्ष भित्र विधुत बाल्ने गरि तिब्ररुपमा काम भईरहेको हो । साउन १४ गते बुधबार नेपाल विधुत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले मानेभञ्ज्याङ्ग गाउँपालिकामा ११ के.भी. प्रसारण लाईनमा विधुत प्रवाह गरेको गाउँपालिका उपाध्यक्ष तथा विधुत विस्तार समितीकी संयोजक सविता राईले बताईन् । वडा नं. ४ केत्तुके बजार र वडा नं. ५ गाउँपालिका केन्द्र मानेभञ्ज्याङ्ग बजारमा रहेको ट्रान्सफर्ममा बत्ति बलिसकेको संयोजक राईले जानकारी दिईन् ।मोली, खाटा, पंखु, केत्तुके, कोल्टार, बोलेथाम हुदै गाउँपालिका केन्द्र मानेभञ्ज्याङ्ग बजार सम्म विधुत प्रवाह भएको नेपाल विधुत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । अहिले ट्रान्सफर्मरमा मात्र विधुत बालिएको भएपनि चाढै स्थानियको घरमा विधुत बाल्ने काम भईरहेको संयोजक राईको भनाई छ । ‘अहिले ट्रान्सफर्मरमा बत्तिबलेको छ अब चाढै नागरिकको घर घरमा विधुत बल्नेछ ।’ उनले भनिन् ‘यसका लागि केत्तुके बजार, गुरुङ्ग डाँडा लगायतका क्षेत्रमा नागरिकको घरमा वायरिङ्को काम भईरहेको छ ।’ गाउँपालिकाको चार करोड बजेट बाट विधुत विस्तारको काम भईरहेको हो ।गाउँपालिकाको बजेट बाटै वडा नं. ८ राघवपुरमा पनि विधुत विस्तारको काम भईहरको छ । नेपाल विधुत प्राधिकरणको करिब एक करोड लगानिमा गाउँपालिकाको वडा नं. २ वाक्सा र ३ नं. वडा उँवुमा विधुतको पोल, तार विस्तारको काम भईरहेको गाउँपालिकाले जनाएको छ । लामो समय देखी केन्द्रिय विधुतको पर्खाइमा रहेका मानेभञ्ज्याङ्ग बासीहरु हर्षित भएका छन् । चालु आर्थिक वर्ष भित्र पालिकाका सम्पुर्ण वडा बस्तीहरुमा केन्द्रिय विधुत लाईन विस्तार गरि उज्यालो गाउँपालिका बनाईने उपाध्यक्ष राईको भनाई छ । गाउँपालिका, नेपाल विधुत प्राधिकरण र सोलु–मिर्चैयाँ करिडोरको ग्रामिण विधुतीकरण कार्यक्रम अन्तरगत विभिन्न वडाहरुमा विधुत पोल गाड्ने र तार विस्तार गर्ने काम भईरहेको विधुत विस्तार समितीले जनाएको छ ।

विधुत प्राधिकरणकाे सूचना

नेपाल विधुत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले साउन ११ गते देखी मोली, खाटा, पंखु, केत्तुके, कोल्टार, बोलेथाम हुदै मानेभञ्ज्याङ्ग गाउँपालिका सम्म ११ के.भि. प्रसारण लाईनमा विधुत प्रवाह गरिएको हुदा उक्त क्षेत्रमा रहेका कुनैपनी विधुतिय तार पोल, स्टे नछुन तथा नचलाउन हुन जानकारीको लागी यो सूचना प्रशारण गरिन्छ । साथै उक्त लाईन प्रशारण भईरहेको बेला डिक्स पिन पड्किएमा तार भुईमा झरेमा आफुले नछोई नचलाई कार्यालयलाई जानकारी गर्नका लागि विद्युत प्राधिकरणले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen