- प्रविण मुनाल

ओखलढुंगा – भिजन नेपाल ओखलढुंगा पाँचौ वर्षमा प्रवेश गरेको छ । ओखलढुंगा जिल्लामा २०७३ साउन २ गते स्थापना भएको सञ्चार गृह आजबाट चौथो वर्ष पुरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको हो ।

भिजनले जिल्लामा भिजन नेपाल साप्ताहिक पत्रिका, भिजन एफएम, भिजन अनलाईन च्यानल र भिजन एफएमको समाचार पोर्टल सञ्चालन गरिरहेको छ । संस्था र भिजन पत्रिकाको वार्षिकोत्सव आज मनाईँदै छ ।

विगतका वर्षहरुमा भिजन आईडल सहितका भव्य कार्यक्रम गरिँदै आएको भएपनि यसवर्ष कोरोना भाइरसका कारण त्यस्ता कार्यक्रम नगरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो ।

भिजनले कार्यालयमै विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदै छ ।

आजैबाट नयाँ सञ्चारमाध्यमको रुपमा छुट्टै अनलाईन पत्रिका समेत सुरु गर्ने तयारी छ ।

वार्षिकोत्सवको अवसरमा भिजनलाई सहयोग तथा सहकार्य सबैमा संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया