- भिजन समाचार

नेपाली गीत संगीतको दुनीयाँमा अर्को एउटा मनछुने गीत बजारमा आएको छ । गीतकार डीपी दाहाल ‘परीश्रमी’ को रचनामा रहेको संसार जितेर गएनि माटोलाई भुल्दीन बोलको म्युजिक भिडियो बजामा आएको हो ।

डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईले स्वर दिएका छन् ।
अनुभवी संगीतकार लक्ष्मण शेषले दिएको संगीत उतिकै मनछुने छ ।
गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । मिचिएको कालापानी, लिपुलेक देखी जातीय छुवाछुत विरुद्घको गीत निकै शसक्त बनेको छ ।
सार्वजनिक भएको केही दिनमै यो गीतले चर्चा कमाएको गीतकार ‘परीश्रमी’ले बताए । उनका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुँदैन भन्ने कुरा गीत मार्फत दर्शाइएको छ ।
यो गीत वास्तवमै जति धेरै सुन्यो त्यति नै कर्णप्रिय छ ।

हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen