- सरस्वती बानिया

ओखलढुंगा । ओखलढुंगामा भदौं महिनामा ६५ सवारी चालक कारवाहीमा परेका छन् । कागजपत्र साथमा नबोक्ने, लापवाही गरेर सवारी चलाउने र सवारी चालक अनुमति पत्र प्राप्त नगरेका सवारी चालक कारबाहीमा परेका हुन् । कागज पत्र साथमा नबोल्ने ३२, लापरवाही गरेर सवारी चलाउने २३, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका ७, मादक पदार्थ सेवन गरी सवारी चलाउने १, हेल्मेट नलगाउने १ र सिट क्षेमता भन्दा बढी यात्री बोल्ने १ सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाका प्रहरी सहायक निरीक्षक पदम भटराईले जानकारी दिए ।
६५ सवारी कारबाहीबाट ४१ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ । कारवाहीमा परेका सवारी चालक मध्ये सबैभन्दा बढी कागज पत्र साथमा नबोल्ने ३२ सवारी साधनलाई कारवाही गरिएको छ । कारवाहीमा परेका कागज पत्र साथमा नबोल्ने ३२ सवारी चालकबाट १८ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी पोष्टका सहायक निरीक्षक भटराईले बताए । भदौ महिना भरिमा ३३ ट्रक, २३ मोटल साइकल, ६ जिप, र ३ ट्राक्टर गरि ६५ सावारी चालकलाई कारवाही गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen