- प्रविण मुनाल

ओखलढुंगा – ओखलढुंगा २ सय ३ जनाको थ्रोट स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि विराटनगर पठाईएको छ । जिल्लाको लिखु गाँउपालिकाका १२६ जना र मानेभञ्ज्याङका गाँउपालिकाका ७७ जना जना गरि २०३ जनाको स्वाब पिसिआरबाट कोरोना परिक्षणका लागि प्रदेश जनस्वास्थ प्रयोगशाला विराटनगर पठाइएको हाे ।

जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीका अनुसार कोरोना संक्रमित वृद्धको गाँउ लिखु गाँउपालिकाको सिल गरिएको टोल र मानेभञ्ज्याङका नागरिकको स्वाब संकलन गरि पठाइएको छ ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भारत लगायत अन्य मुलुकबाट र बाहिरबाट आउने नागरिकहरुको पिसिआर परिक्षणलाई तिब्रता दिइएको जिल्ला कमाण्ड पोष्ट ओखलढुंगाले जनाएको छ । जिल्लामा हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १५ जना भारतिय नागरिक रहेका छन् भने अन्य जिल्लाकै ६ जना रहेका छन् । संंक्रतिमध्ये १ जना निको भएर घर फर्किसकेका छन भने बाँकिको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen